२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

परीक्षा मर्यादित बनाउन अभिमुखिकरण

२ चैत्र २०७४, शुक्रबार १६:२३

चैत २, कालिकोट | रास्कोट नगरपालिकाले यही चैत ८ गतेदेखी सञ्चालन हुने बार्षिक परीक्षालाई मर्यादित बनाउने भएको छ । शुक्रबार नगरपालिकास्थित विभिन्न क्षेत्रका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा एक दिने अभिमुखीकरण गर्दै यही चैत ८ गतेदेखी सञ्चालन हुने बार्षिक परीक्षालाई मर्यादित बनाउन तीन तहबाट अनुगमन गर्ने तयारी गरेको नगर प्रवक्ता टक्कबहादुर फर्सालले जानकारी दिए ।

उनका अनुसार विगतका दिनहरुमा चिट चोरेर पास गर्ने र अभिभावकहरु नै चिट चोराउन जाने गरेको बताउँदै यसलाई पुर्ण रुपमा बन्द गरिने भएको छ । रास्कोट नगरपालिका उपप्रमूख मिमसरा बम शाहीको अध्यक्षता तथा नगर प्रमूख कासीचन्द्र बरालको पप्रमूख आतिथ्यतामा भएको कार्यक्रममा चिटरहित परीक्षा संचालनका लागि सबै सरोकारवालाहरुले सहमती जनाएका छन् ।

नगर प्रवक्ता फर्सालका अनुसार यही चैत ८ गतेदेखी सञ्चालन हुने बार्षिक परीक्षाको नगर प्रमूखको नेतृत्वमा रहेको नगर शिक्षा समिति, उप प्रमूखको नेतृत्वमा ससबै वडा अध्यक्षहरु र परीक्षा सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित वडाका वडा अध्यक्षसहितको सहभागीतामा अनुगमन गरिने भएको छ । कार्यक्रममा रास्कोट नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, कार्यकारी अधिकृत, नगर भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै