Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

३४ औ वार्डेन सेमिनार १२ बुदे शंकल्प प्रस्ताब पारीत गर्दै सम्पन्न

२०७४, ३ चैत्र शनिबार १२:३३

लोकेन्द्र प्रशाद जोशी | चैत ३, दार्चुला । मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशा मूल नाराका साथ शुरु भएको ३४ औ राष्ट्रिय वार्डेन सेमिनार तथा १६ औ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक दार्चुलामा सम्पन्न भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र रहेको दार्चुला जिल्लामा पहिलोपटक बुधबारबाट शुरु भएको सेमिनार १२ बुदे शंकल्प प्रस्ताब पारीत गर्दै सम्पन्न भएको हो ।

देशभरका संरक्षणकर्मीहरुको सहभागितामा जिल्लामा पहिलो पटक आयोजित वार्डेन सेमिनार बिगतको समिक्षा र भाबि कार्यदिशा तय गर्दै सम्पन्न भएको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो । गत बर्ष ६० प्रतिषत अपेक्षित उपलब्धी हासील गरेको सम्मेलनले निष्कर्ष निकालेको छ ।


यो बर्ष सम्मेलनले मानब बन्यजन्तु द्धन्द ब्यबस्थापन रणनिति तयार गर्ने, मानब र बन्यजन्तुबिचको द्धन्द कम गर्ने, समस्याग्रस्त बन्यजन्तुलाइ शुरक्षित रुपमा नियन्त्रणमा लिने र नियन्त्रणमा लिएका बन्यजन्तुहरुलाइ कम्तीमापनि एउटा प्रदेशमा एउटा उद्धार केन्द्र स्थापना गरेर उद्धार केन्द्रहरुलाइ दिगो रुपमा सञ्चालन गर्न पर्यटकिय गतिबिधिहरु सञ्चालन गर्ने प्रस्ताब पारीत भएको छ ।

यस्तै परिवर्तीत शासकिय स्वरुप अनुसार संघियसंगै संस्थागत संरचना बनाउँदा प्रदेश र स्थानिय सरकारसंग पनि समन्वय गरेर बिज्ञहरुको शुझाबको आधारमा खाका बनाउँन बिकास निमार्ण गर्दा संरक्षित क्षेत्रभित्र पर्ने असरलाइ न्युनिकरण गर्न वातावरणिय सेवा शुल्क निर्धारण गर्ने, संरक्षित क्षेत्रका प्राबिधिक, प्रशासनिक र हात्तिसार क्षेत्रका कर्मचारीहरुको सुबिधामा एकरुपता ल्याउँने र जिल्ला दररेट अनुसार रासन खर्च निर्धारण गर्ने शंकल्प प्रस्ताब पारीत गरेको छ ।

यस्तै चोरी सिकारी नियन्त्रण गर्नकोलागी संरक्षित क्षेत्रमा रियल टाइम पेट्रोलीङ लागु गर्दै जोइन्ट अपरेसन रुमलाइ बिस्तार गर्ने,  जनसक्ति ब्यबस्थापन गर्न तालीमको आयोजना गर्ने, प्रकृति संरक्षणमा खटिएका नेपाली सेनाहरुको कामलाइ थप सहज र सरल एब. जिम्मेवार बनाउँन थप प्रकृति संरक्षण निर्देशिका स्वीकृत गर्न पहल गर्ने प्रस्ताब गरीएको छ । 


यस्तै राष्ट्रिय निकुञ्ज संरक्षण ऐनलाइ समयसापेक्ष पुरस्कृत गर्ने र दार्चुलामा रहेको अपिनाम्पा संरक्षण क्षेत्र ब्यबस्थापन नियमावलि तर्जुमा गरेर लागु गर्ने प्रस्ताब पारीत गरीएको सूचना अधिकारी रुपाखेतीले बताउँनुभयो ।

यस्तै यसअघि सम्बन्धीत निकुञ्ज आरक्षले आर्जन गरेको कुल रकममध्ये ५० प्रतिषत रकमलाइ सतप्रतिषत मानि ३० प्रतिषत संरक्षणमा, ३० प्रतिषत सामुदायिक बिकास, २० प्रतिषत आय आर्जन तथा सिप बिकासमा, १० प्रतिषत संरक्षण शिक्षा र १० प्रतिषत प्रसासनिक खर्च गर्ने अवधारणा भएकोमा यो बर्षदेखी आम्दानीमध्ये मानब बन्यजन्तु द्धन्द न्युनिकरणकालागी पुर्बाधार तयार गर्ने र राहत शृर्षकमा समेत खर्च गर्नकोलागी शंसोधन गर्ने प्रस्ताब गरीएको छ । निकुञ्ज भित्र र निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानब बन्यजन्तुको टट्कारो समस्या देखीएका क्षेत्रका बस्तीहरुलाइ स्थानान्तरण गर्न अद्ययन कार्यदल गठन गर्ने प्रस्ताब गरीएको छ । स्थानिय तहमा रहेका नदिजन्य पदार्थहरुको स्थानिय तहहरुसंग समन्वयमा संरक्षण र प्रयोग गर्ने प्रस्ताब गरीएको छ । यस्तै हात्तिसार सेवामा काम गर्ने कर्मचारीहरुलाइ लोकसेवाबाट कर्मचारी ब्यबस्थापन गर्ने प्रस्ताब पारीत गरेको छ । सम्मलेनले गरेको शंकल्प प्रस्ताब अनुमोदन भएपनि लागु गरीने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका सूचना अधिकारी नारायण रुपाखेतीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ