२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१२ वटा बाेयरबाेका ढाकावाङ्गमा हस्तान्तरण

२०७४, ३ चैत्र शनिबार १५:४६

जितेन्द्र खत्रि | चैत्र ३, अर्घाखाँची | किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज एक कार्यक्रमका बिच १२ वटा बाेयर बाेका हस्तान्तरण गरिएकाे छ ।

प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बाख्रापालन समुहले गरेका कामलाई निरन्तरता दिनुपर्ने बताउदै उहाँले बाख्रापालन व्यवसाय फस्टाई समृद्ध बनेर नमुना कृषक बन्न अनुरोध गर्नुभयो ।

उहाँले जनता समृद्ध बन्नका लागि बाख्रापालन व्यवसाय सजिलो सँगसँगै ध्यान दिनुपर्ने बताउँदै यहाँ केही समस्या आए सहयोगका लागि पशु सेवा कार्यालय तयार रहेको बताउँनुभयो ।

केयुबिके बुटवलका महेन्द्र भन्डारिले किसानका लागि उन्नत बिउभिजन कार्यक्रमले  किसानहरुलाई ब्यवसायमा बनाउन तर्फ उन्मुख रहेकाे बताउनु भयाे 

वडा अध्यक्ष बुद्धि बहादुर थापाले बाख्रापालन बाट जनता समृद्ध बन्न सक्ने भएकाले बाख्रापालनलाई ध्यान दिदै सहयोगका लागि वडा कार्यालय तयार रहेको बताउदै पशु र कृषिका कार्यक्रममा बजेट कमि भएकोले आगामि वर्ष धेरै वजेट छुट्याई समृद्ध पशुपालन र कृषिबाट नै बन्न सक्ने बताउँनुभयो । ठुलाे सम्पत्ति अाज हाम्रो वडामा भित्रिएकाेले यसलाई राम्रो सग पालनपोषण गरि बाेयर बाेकाकाे नमुना याेग्य वडा बनाउन अनुराेध गर्नुभएको छ । 

केयुविकेका निमित्त प्रमुख राधा नेपालीले कृषकले गरेको कामको प्रशंसा गर्दै निरन्तरता दिन अनुरोध गर्नुभयो ।  कार्यक्रममा सामुहकि सदस्य कमला खनाल बिश्व मा विका पुर्व प्राचार्य खड्क बहादुर थापा  पशु सेवा कार्यालयका प्राविधिक सुन्दर बि क  भुमिकास्थान नगरपालिका वडा नम्बर १ र २ का स्वास्थ्य चाैकि प्रमुख ईशा खड्का पत्रकार जितेन्द्र खत्रि लगाएतले कृषकले गरेको कार्यको प्रशंसा गर्नुभएको छ । 

प्रगतिशील बाख्रापालन समुहमा १२५ जना  सदस्य रहेको र  समुहमा १२५ वटा अाधुनिक खाेर बनाउने अभियानमा जुटेकाेर अहिले ५० वटा आधुनिक खोर निर्माण गरेकाे  १०० प्रतिशत क्रस बाेयर बोका १२ वटा, घाँस उत्पादन, कृषकलाई तालिम दिने कार्य समुहले गरेको छ । किसानका लागि उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान र जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीकाे सहयाेगमा प्रगतिशील बाख्रपालन समूह भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग मा अाज डिभर्ना बाट उत्पादन भएका करिब चार लाख एकसय बराबरका १२ वटा बाेयरबाेका ढाकावाङ्ग लगिएको हाे । कार्यक्रम समुहका अध्यक्ष गाेपाल प्रसाद खनालको अध्यक्षता, भुवानन्द भुसालको स्वागत मन्तव्य  सचिव खिम बहादुर राउतको सञ्चालनमा सम्पन्न भएको पत्रकार जितेन्द्र खत्रिले समाचार पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने