२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा दियालो नेपालद्धारा एम्बुलेन्स सेवा संचालन

४ चैत्र २०७४, आईतवार १२:१५

माधव बेल्वासे/चैत्र ४, कपिलवस्तु | दियालो नेपाल कपिलवस्तुले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।

लामो समयको संघर्ष पछी दियालो नेपालले स्थानियहरुलाइ सेवा दिने उद्देश्य सहित एम्बुलेन्स सेवा संचालन गरेको हो । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलन गरी सस्थाले सो जानकारी गराएको छ । विभिन्न निकाय तथा स्थानिय हरुको आर्थिक सहयोगमा एम्बुलेन्स संचालन गरीएको एम्बुलेन्स व्यावस्थापन समितिका संयोजक ज्योती पुनले वताउनुभयो । ११ लाख २१ ह्जार ३ सय ८२ को कुल लागतमा एम्बुलेन्स खरिद गरिएको संयोजक पुनले जानकारी गराउनु भयो । विभिन्न सहयोगी दाताहरुवाट ४ लाख ५० हजार सहयोग र अन्य रकम भने सापटी वाट प्राप्त गरेको वताइएको छ ।

विभिन्न समस्याका वाबजुत पनि सो एम्बुलेन्स ल्याउन सफल भएकोमा संयोजक पुनले खुसी व्याक्त गर्नुभयो ।महिलाहरु एक जुट भएर समाजको हित तथा संरक्षणको लागी एम्बुलेन्स संचालन ल्याएको दियालो नेपालका अध्यक्ष शोभा कुर्मीले वताउनु भयो ।विगतका दिनमा पनि दियालो नेपालले समाजको लागी नै काम गरिरहेको र आगामी दिनमा पनि सामाजिक काम गर्ने अध्यक्ष कुर्मीले प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै पत्रकार सम्मेलन मार्फत दियालो नेपालका सस्थापक अध्यक्ष मिना परियारले एम्बुलेन्स ल्याउने धेरै समस्या परेको  र ति समस्यालाई समाधान गर्दै सम्पुर्णको सहयोगमा सफल भएको दावी गर्नुभयो ।शिवराज नगरपालिका सगै यस जिल्लाका विभिन्न गाउहरुमा समयमै स्वास्थ्य सस्थामा पुग्न नसक्दा अकालमै ज्यान गएको स्मरण गर्दै यो समस्यालाई अव समाधान हुने विश्वस्त पार्नुभयो ।

एम्बुलेन्सले समाजमा आर्थिक अवस्था कमजोर,पिछडिएका वर्गलाई विशेष सहयोग गर्ने परियारले वताउनु भयो ।छिटो छरितो सेवाको लागी दियाले नेपाल पहिलो नम्वरमा राख्ने योजना अनुसार काम भइरहेको र सोमवार एक कार्यक्रमका विच एम्बुलेन्सको उद्धघाटन गर्ने उहाले वताउनु भयो ।

रिपोटर्स क्लव चन्द्रौटाका अध्यक्ष कृष्ण गैरेको अध्यक्षता,दियालो नेपाल एम्बुलेन्स संचालन समितिका संयोजक ज्योती पुनको प्रमुख आतिथ्यता,दियालो नेपालका अध्यक्ष शोभा कुर्मीको विशिष्ट आतिथ्यता,सस्थापक अध्यक्ष मिना परियार लगाएतको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने