२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा दियालो नेपालद्धारा एम्बुलेन्स सेवा संचालन

२०७४, ४ चैत्र आईतवार १२:१५

माधव बेल्वासे/चैत्र ४, कपिलवस्तु | दियालो नेपाल कपिलवस्तुले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।

लामो समयको संघर्ष पछी दियालो नेपालले स्थानियहरुलाइ सेवा दिने उद्देश्य सहित एम्बुलेन्स सेवा संचालन गरेको हो । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलन गरी सस्थाले सो जानकारी गराएको छ । विभिन्न निकाय तथा स्थानिय हरुको आर्थिक सहयोगमा एम्बुलेन्स संचालन गरीएको एम्बुलेन्स व्यावस्थापन समितिका संयोजक ज्योती पुनले वताउनुभयो । ११ लाख २१ ह्जार ३ सय ८२ को कुल लागतमा एम्बुलेन्स खरिद गरिएको संयोजक पुनले जानकारी गराउनु भयो । विभिन्न सहयोगी दाताहरुवाट ४ लाख ५० हजार सहयोग र अन्य रकम भने सापटी वाट प्राप्त गरेको वताइएको छ ।

विभिन्न समस्याका वाबजुत पनि सो एम्बुलेन्स ल्याउन सफल भएकोमा संयोजक पुनले खुसी व्याक्त गर्नुभयो ।महिलाहरु एक जुट भएर समाजको हित तथा संरक्षणको लागी एम्बुलेन्स संचालन ल्याएको दियालो नेपालका अध्यक्ष शोभा कुर्मीले वताउनु भयो ।विगतका दिनमा पनि दियालो नेपालले समाजको लागी नै काम गरिरहेको र आगामी दिनमा पनि सामाजिक काम गर्ने अध्यक्ष कुर्मीले प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै पत्रकार सम्मेलन मार्फत दियालो नेपालका सस्थापक अध्यक्ष मिना परियारले एम्बुलेन्स ल्याउने धेरै समस्या परेको  र ति समस्यालाई समाधान गर्दै सम्पुर्णको सहयोगमा सफल भएको दावी गर्नुभयो ।शिवराज नगरपालिका सगै यस जिल्लाका विभिन्न गाउहरुमा समयमै स्वास्थ्य सस्थामा पुग्न नसक्दा अकालमै ज्यान गएको स्मरण गर्दै यो समस्यालाई अव समाधान हुने विश्वस्त पार्नुभयो ।

एम्बुलेन्सले समाजमा आर्थिक अवस्था कमजोर,पिछडिएका वर्गलाई विशेष सहयोग गर्ने परियारले वताउनु भयो ।छिटो छरितो सेवाको लागी दियाले नेपाल पहिलो नम्वरमा राख्ने योजना अनुसार काम भइरहेको र सोमवार एक कार्यक्रमका विच एम्बुलेन्सको उद्धघाटन गर्ने उहाले वताउनु भयो ।

रिपोटर्स क्लव चन्द्रौटाका अध्यक्ष कृष्ण गैरेको अध्यक्षता,दियालो नेपाल एम्बुलेन्स संचालन समितिका संयोजक ज्योती पुनको प्रमुख आतिथ्यता,दियालो नेपालका अध्यक्ष शोभा कुर्मीको विशिष्ट आतिथ्यता,सस्थापक अध्यक्ष मिना परियार लगाएतको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा