Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपिहिमालको गाउँसभाले गर्यो अपि स्वयंसेवक दस्ता गठनको निर्णय

२०७४, ४ चैत्र आईतवार १६:२९

लोकेन्द्र प्रशाद जोशी | चैत ४, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाको हिउँदे अधिवेशनबाट स्थानीय सरकार सञ्चालन ऐनहरु धमाधम पारित हुदैछ । गाउँपालिकाको अद्र्दबार्षिक समीक्षा गर्दै चैत्र २ गतेबाट शुरु भएको हिउँदे अधिवेशनबाट गाउँपालिकाले ऐनहरु पारित शुरु गरेको हो । यस आर्थिक वर्षमा कार्यान्वयनमा रहेका योजनाहरुको समीक्षा गर्दा पालिकाले हालसम्म ६० प्रतिशत बढि योजना कार्यान्वयन गरिसकेको गाउँपालिका अध्यक्ष धर्मानन्दसिह मन्यालले बताउनुभयो ।

आइतबार भएको गाउँपालिका सभाले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत रहेर स्थानीय शिक्षा ऐन २०७४ लाई सर्वसम्मत पारित गरेको छ । ऐनले अब पाँच वर्षभित्र शिक्षकहरुको सरुवा गर्ने, गाउँपालिका भित्र शिक्षा क्षेत्र हेर्ने गरी शिक्षा अधिकारी राख्ने लगायतका महत्वपूर्ण ऐन पारित गरेको छ ।

शिक्षा ऐनले गाउँपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति विघटन गरेको छ भने ऐन पारित भएको ४५ दिन भित्र नयाँ व्यवस्थापन समिति गठन गरिसक्नुपर्ने उल्लेख गरिएको अध्यक्ष मन्यालले बताउँनुभयो ।


यसैगरी अपि हिमाल गाउँपालिकाले अपि स्वयंसेवक दस्ता गठन गर्ने अपि स्वयंसेवक नियमावली २०७४ पारित गरेको छ । गाउँपालिकामा हुने सामाजिक कार्यमा संग्लन गराउने गरी स्वयंसेवक दस्ता निर्माण गरिन लागेको अध्यक्ष मन्यालले बताउनुभयो । नगर प्रहरीको अवधारणा अन्तर्गत अपि स्वयंसेवक दस्ता गठन गर्ने बाटो खुला भएको छ ।

नियमावलीले गाउँपालिका भित्र पाँच तहको स्वयंसेवक रहने अवधारणा पारित गरेको छ । जसअनुसार प्रमुख स्वयंसेवक, बरिष्ठ स्वयंसेवक, सह स्वयंसेवक, उपस्वयंसेवक र स्वयसेवक नियुक्त गरिनेछ । जसमा हाललाई ५८ जनाको दरबन्दी सिर्जना गरिएको छ ।

गाउँ सभाले बहुमतका साथ पारित गरेको दुइ वटा ऐन र नियमावलीले अब केहि हदसम्म काम गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत जयसिह धामीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ