२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जिल्ला अस्पतालमा ५ महिनादेखि शल्यक्रिया सेवा अवरुद्ध

२०७४, ४ चैत्र आईतवार १६:३२

चैत ४, कालिकोट |  जिल्ला अस्पतालमा ५ महिनादेखि अप्रेसन सेवा अवरुद्ध हुँदा विरामीहरु समस्यामा परेका छन् । शल्यक्रियका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । अप्रेशन सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटीस, हर्निया, हाइड्रोसिल लगायतका बिरामीलाई शल्यक्रियाका लागि रिफर गर्ने गरिएको जिल्ला अस्पताल कालिकोटका निमित्त कार्यालय प्रमुख मो. ओजैर आलमले जानकारी दिए ।

अप्रेसनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभाव भएपछि अप्रेसन सेवा ५ महिनादेखि बन्द भएको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख मो. ओजैर आलमले बताए । अप्रेसन सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक मंसिरदेखी अन्यत्र सरुवा भएर जिल्ला अस्पतालको अप्रेसन सेवा ठप्प भएको हो । जिल्लाको एक मात्र उप्रेसन सेवा सुरु गरेको जिल्ला अस्पतालमा कालिकोेटका ३ नगरपालिका र ६ गाउँपालिकाका बासिन्दा सेवा लिने गरेपछि विगत ५ महिनादेखि अप्रेसन सेवा सञ्चालन नभएकाले विरामी मर्कामा परेका छन् ।


जिल्ला अस्पताल कालिकोटमा २ जनाको दरवन्दी रहेपछि २०६१ सालदेखि मेडिकल सुपरिटेन्डेट नभएकाले मेडिकल अधिकृत डा. कौशल अलि र एनएस आइका डा. महेश्वर गोशाईको भरमा सञ्चालन भएको अप्रेसन सेवा डा. अलि विगत १ महिनादेखि टेकु अस्पतालमा काजमा सरुवा र डा. गोशाई सरुवा भएदेखि जिल्ला अस्पताल कालिकोटको अप्रेसन सेवा ठप्प भएको छ ।

जटिल प्रकारका रोगहरुको अप्रेसन गर्ने डाक्टर नहुँदा जिल्ला अस्पतालमा आउने विरामीले सास्ती खेप्नु परेको पोषण फोकल पर्सन कटक महतले बताए । उनले नेपाल सरकारले अहिले २ जना चिकित्सक डा. टंक आचार्य र नहकुल शाहीलाई करारमा खटाएकाले सामान्य विरामीको उपचार जिल्लामा नै हुने गरेको तर अप्रेसन जिल्लामा नहुने भएकाले सेवाग्राही मर्कामा परेको बताए । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुुर शाहीलाई भेटेरै जिल्ला अस्पताल कालिकोटको बारेमा आफुले पटक पटक जानकारी दिए पनि अहिलेसम्म सरोकारवाला निकाएको ध्यान जान नसकेको फोकल पर्सन महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते