२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा धार्मिक महोत्सव शुरु

४ चैत्र २०७४, आईतवार १६:४०

चैत्र ४, डोटी | प्रसिद्ध शैलेश्वरी मन्दिरमा ‘शैलेश्वरी धार्मिक महोत्सव, ज्ञान महायज्ञ’ शुरु भएको छ । आज एक बिशेष समारोहका बिचमा लक्ष्मीनाराण मन्दिर धनगढीका धर्मगुरु श्री १००८ देबराज आचार्यले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभयो ।

सुदूरपश्चिमकै पुरानो डोटी बहुमुखी क्याम्पसमा प्राबिधिक बिषयहरुको पठन–पाठन शुरु गर्न आर्थिक सहयोग जुटाउने मुल उद्देश्यले यो धार्मिक महोत्सव आयोजना गरिएको हो । यो धार्मिक महोत्सवबाट पुण्यप्राप्ती, धर्मको रक्षाका साथै बिकासमा समेत योगदान पुर्याउने उद्घाटन सत्रलाई सम्बोधन गर्दै धर्मगुरु आचार्यले बताउनुभयो । महोत्सवको उद्देश्य पनि निकै पबित्र रहेको र यसले भव्य धार्मिक अनुष्ठान मार्फत धर्मको रक्षा, नैतिक शिक्षाको प्रबद्र्धनका साथै  शैक्षिक बिकासमा लगानी जुटाउने उहाले बताउनुभयो ।

डोटी क्षेत्र, त्यसमा पनि शैलेश्वरी क्षेत्र धार्मिक मान्यताको केन्द्र भएकाले यो क्षेत्रमा भएको बृहत धार्मिक अनुष्ठानजन्य कार्यमा सहभागि भएर पुण्य प्राप्ती गर्न शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताउनुभयो । उहाले शैलेश्वरी आफै शिबशक्ति स्वरुपा शक्तिपिठ रहेको र यो क्षेत्र दिब्य तथा अलौकिक धार्मिक स्थलहरुले भरिपूर्ण क्षेत्र रहेकाले यस्तो क्षेत्रमा आयोजना हुने धार्मिक अनुष्ठानको दर्शनले ठुलै पुण्यप्राप्ती गर्ने बताउनुभयो । महोत्सवबाट स्थानीय धार्मिक स्थलहरुको प्रबद्र्धन र प्रचार–प्रसार पनि हुने पनि उहाले बताउनुभयो महायज्ञ आयोजक मुल समितिका संयोजक पुर्णराज जोशीले महायज्ञको दर्शनले

तिर्थयात्रा जत्तिको पुण्यप्राप्तीका साथै भविष्यको बिकासका लागि सघाउ पुग्ने बताउनु भयो ।

डोटी बहुमुखी क्याम्पसका प्रमूख कृष्ण बहादुर कठायतले पछिल्लो समय समुदायमा मौलाउदै गएका बिकृती, बिशंगतीहरु, नैतिक मुल्य मान्यताहरुको ह्रास जस्ता समस्याहरु पनि घट्ने आशा रहेको बताउनुभयो

होत्सव आजदेखी शुरुभई ११ गतेसम्म चल्नेछ । महोत्सबमा धार्मिक प्रवचन श्री भागवत आश्रम गैँडाकोट नवलपरासीकी बिदुषी श्री यशोदादेबी कौण्डिन्यले गर्ने जनाईएको छ । महोत्सवमा बिहान योग शिबिर, १००८ शालीग्राम पुजन, श्रीमदभागवत महापुराण, सप्तचण्डी, दैनिक पुजाआजा, धर्मिक प्रवचन तथा भजनकिर्तन, दार्शनिक प्रवचन, बालसंस्कार बृहत भगवत चर्चा राष्ट्रिय गीत तथा दिब्य झाँकी लगायतका कार्यक्रमहरु गरिनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु