Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
डोटी - DT

डोटीमा धार्मिक महोत्सव शुरु

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत्र ४, डोटी | प्रसिद्ध शैलेश्वरी मन्दिरमा ‘शैलेश्वरी धार्मिक महोत्सव, ज्ञान महायज्ञ’ शुरु भएको छ । आज एक बिशेष समारोहका बिचमा लक्ष्मीनाराण मन्दिर धनगढीका धर्मगुरु श्री १००८ देबराज आचार्यले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभयो ।

सुदूरपश्चिमकै पुरानो डोटी बहुमुखी क्याम्पसमा प्राबिधिक बिषयहरुको पठन–पाठन शुरु गर्न आर्थिक सहयोग जुटाउने मुल उद्देश्यले यो धार्मिक महोत्सव आयोजना गरिएको हो । यो धार्मिक महोत्सवबाट पुण्यप्राप्ती, धर्मको रक्षाका साथै बिकासमा समेत योगदान पुर्याउने उद्घाटन सत्रलाई सम्बोधन गर्दै धर्मगुरु आचार्यले बताउनुभयो । महोत्सवको उद्देश्य पनि निकै पबित्र रहेको र यसले भव्य धार्मिक अनुष्ठान मार्फत धर्मको रक्षा, नैतिक शिक्षाको प्रबद्र्धनका साथै  शैक्षिक बिकासमा लगानी जुटाउने उहाले बताउनुभयो ।

डोटी क्षेत्र, त्यसमा पनि शैलेश्वरी क्षेत्र धार्मिक मान्यताको केन्द्र भएकाले यो क्षेत्रमा भएको बृहत धार्मिक अनुष्ठानजन्य कार्यमा सहभागि भएर पुण्य प्राप्ती गर्न शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताउनुभयो । उहाले शैलेश्वरी आफै शिबशक्ति स्वरुपा शक्तिपिठ रहेको र यो क्षेत्र दिब्य तथा अलौकिक धार्मिक स्थलहरुले भरिपूर्ण क्षेत्र रहेकाले यस्तो क्षेत्रमा आयोजना हुने धार्मिक अनुष्ठानको दर्शनले ठुलै पुण्यप्राप्ती गर्ने बताउनुभयो । महोत्सवबाट स्थानीय धार्मिक स्थलहरुको प्रबद्र्धन र प्रचार–प्रसार पनि हुने पनि उहाले बताउनुभयो महायज्ञ आयोजक मुल समितिका संयोजक पुर्णराज जोशीले महायज्ञको दर्शनले

तिर्थयात्रा जत्तिको पुण्यप्राप्तीका साथै भविष्यको बिकासका लागि सघाउ पुग्ने बताउनु भयो ।

डोटी बहुमुखी क्याम्पसका प्रमूख कृष्ण बहादुर कठायतले पछिल्लो समय समुदायमा मौलाउदै गएका बिकृती, बिशंगतीहरु, नैतिक मुल्य मान्यताहरुको ह्रास जस्ता समस्याहरु पनि घट्ने आशा रहेको बताउनुभयो

होत्सव आजदेखी शुरुभई ११ गतेसम्म चल्नेछ । महोत्सबमा धार्मिक प्रवचन श्री भागवत आश्रम गैँडाकोट नवलपरासीकी बिदुषी श्री यशोदादेबी कौण्डिन्यले गर्ने जनाईएको छ । महोत्सवमा बिहान योग शिबिर, १००८ शालीग्राम पुजन, श्रीमदभागवत महापुराण, सप्तचण्डी, दैनिक पुजाआजा, धर्मिक प्रवचन तथा भजनकिर्तन, दार्शनिक प्रवचन, बालसंस्कार बृहत भगवत चर्चा राष्ट्रिय गीत तथा दिब्य झाँकी लगायतका कार्यक्रमहरु गरिनेछन् ।