२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीको ‘फुरु’ तीब्बतमा लोकप्रिय

६ चैत्र २०७४, मंगलवार ०२:३५

चैत ६, कालिकोट । हिमाली क्षेत्रमा पाइने जंगली काठबाट बनाइने भाडा फुरु (कचौरा)को माग तिब्बतमा निकै बढेको छ । चीनमा काठको भाडाको माग उच्च रहेको कारणले माग बढेको हो ।तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यो भाँडो तिब्बतमा काठको कपका रुपमा बिक्री हुन्छ ।

यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गरेर पश्चिम नेपालका हिमाली जिल्लाहरु हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका तामाङ र लामा जातीले तिब्बतमा लगेर बिक्रि गर्दै आएका छन् ।चीनको हिल्सा, ताक्लाकोट लगायतका ठाउँमा काठको भाडाका माग उच्च रहेको र एउटै फुरुको पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्ने गरेको एउटा व्यापारी कल्पना तामाङले बताइन् । ‘कृषि पेशा गर्न पर्याप्त जमिन नहुँदा फुरुकै आम्दानीले जीविकोपार्जन गर्दै आएको छौं’ उनले भनिन्,‘तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा फुरुलाई लिने गर्दछन् ।’

पश्चिम नेपालका हिमाली जिल्लाहरु हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका स्थानीयले ताक्लाकोट लगायतका तिब्बती बजारमा नेपालीहरुले वर्षौंदेखि फुरु, गलैँचा, जडीबुटीलगायत हस्तकलाका सामान बिक्री गर्दै आएका छन् । नेपालीहरुले चिनियाँ बजारमा दैनिक उपभोग्य सामान, चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गरेका सीमावर्ती जिल्लाका बासिन्दा आफूहरूले उत्पादन गरेको कृषि, हस्तकला र पशुजन्य उत्पादनलाई तिब्बती बजारमा लिएर बेच्ने गरेको हुम्लाका सिमिकोट गाउँपालिका स्थानीय ग्याल्बो लामाले बताए ।

‘नेपालीले चीनको तिब्बतमा फुरुको ब्यापार राम्रो छ । फुरु लगाएतका सहज पहुँचका लागि पहल गरिदिए आर्थिक रुपमा समृद्ध हुने आशामा छन्,’ उनले भने, ‘हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर ताक्लाकोट नजिकै पर्छ । त्यहाँ फुरुको धेरै ब्यापार हुने गरेको छ ।’पहिला तिब्बती बजारमा नेपालबाट गएको फुरु बेच्न सजिलो थिएन ।

तिब्बतको स्थानीय सरकारले नेपाली हस्तकलाका सामानमा भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको नेपाल–चीन उद्योग व्यापार संघका सचिव मैहिमान तामाङले बताए । ‘बार्षिक करोडौँ रुपैयाँ मूल्यको फुरु नेपालबाट तिब्बततर्फ निकासी भइरहेको छन्’ उनले भने,‘यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँले लगायतका जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ ।’

यस्तै, निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानी लगायतका सामान पनि चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको बझाङ् काँडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘बझाङ, दार्चुला र मुगुका वासिन्दाले समेत तिब्बततर्फ होजियारी, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोट लगायतका तिब्बती बजारमा बिक्री गर्दै आएका छन्,’ उनले भने,‘भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ ।’हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्ज्याङ नाकालागएतका तिब्बतका बजारहरुमा भएर बर्सेनि अर्बौं आर्थिक कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै