२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा दुई सय ८० जना एसइइ परीक्षा दिनबाट बञ्चित

६ चैत्र २०७४, मंगलवार ०२:४२

चैत ६, सुर्खेत | चैत ८ गतेबाट देशभरमा सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइइमा सुर्खेत जिल्लाका दुई सय ८० जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र केही विद्यार्थीले राजश्व नबुझाएका कारण परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले जानकारी दिएका छन् ।

सोमबार वीरेन्द्रनगरमा आयोजित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइइका केन्द्राध्यक्ष र अनुगमनकर्ताहरुका लागि अभिमुखी कार्यक्रममा शाहले सो कुराको जानकारी दिएका हुन् ।जिल्ला शिक्षा अधिकारी शाहले जिल्लाका ३० विद्यालयका विद्यार्थीहरुले यस वर्ष नियमित तर्फ सात हजार १ सय ७४ र एक्जेमटेड तर्फ आठ सय १८ जना गरी जम्मा सात हजार ९ सय ९२ जना विद्यार्थीले परीक्षा दिने जनाकारी दिए ।

जिल्ला शिक्षा अधिकारी शाहका अनुसार २०७३ सालमा नियमित तर्फ ६ हजार नौ सय ४५, एक्जेमटेड तर्फ दुई सय ७८ र ग्रेडबृद्धिमा उन्नाइस सय ७ जना विद्यार्थी गरी जम्मा नौ हजार १ सय ३० विद्यार्थीले एसइइ परीक्षा दिएका थिए ।साथै जिल्ला शिक्षा कार्यालय सुर्खेतले माध्यमिक शिक्षा परीक्षा एसइइका सरोकारवालाहरुका लागि पालना गर्नुपर्ने ३७ बुंदे आचार सहिंता जारी गरेको छ ।जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिल्लाका ३० वटा विद्यालयका केन्द्राध्यक्षहरुलाई आचारसहिंताका बारेमा जानकारी दिएको हो ।

कार्यालय सुर्खेतले माध्यमिक शिक्षा परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सुसम्पन्न गर्न शिक्षा ऐन, २०२८ (संशोधनसहित), शिक्षा नियमावली २०५९(संशोधनसहित), एसइइ परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नितिगत, व्यवस्था एवम निर्देशनहरुको अनिवार्य रुपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासँग सम्बन्धित सवै सरोकारवालाहरुका निमित्त लागु हुने गरी सो आचार संहिता जारी गरेको हो ।

कार्यक्रममा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले विगतका परीक्षा जस्तै यस वर्ष पनि एसइइ परीक्षालाई मर्या्दित र अनुशासित बनाएर सम्पन्न गर्न केन्द्राध्यक्षलाई आग्रह गरे । उनले प्रत्येक विद्यालयमा केन्द्राध्यक्षलाई आचारसंहिता पालना गर्दै अनुशासितका साथ परीक्षा सम्पन्न गर्नुपर्ने जनाए

यस्तै जिल्ला परीक्षा समन्वय समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जिल्लामा एसइइ परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्नका लागि प्रत्येक केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य