२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा इँटाभट्टाको मजदूर माथि गोली प्रहार

२०७४, ६ चैत्र मंगलवार ०७:०७

चैत ६, रौतहट | रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । 

कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

गरुडा नगरपालिका–५ महमदपुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुतिरहेका थिए । राति करीव ११:३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताउनुभयो । 

मजदूर यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । 

घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदूरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र घाइते मजदूर यादव गजँडी भएकाले उसको व्यक्तिगत दुस्मनीको कारण यस्तो घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने