2026-09-03 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सेनाद्धारा डोल्पाको एक बिद्यालयमा मन्दिर निर्माण

टेकबहादुर शाही/चैत्र ७, डोल्पा । डोल्पाको दुनैमा रहेको सरस्वती माविमा सरस्वती माताको मन्दिरको अनावरण भएको छ । सरस्वती माध्यामिक विद्यालय, सुरक्षा गुल्म सेमु दुनै,कालीदत्त गुल्म सुलिगार्डको संयुक्त प्रयासमा सरस्वती माताको मन्दीर निर्माण गरेको नेपाली सेनाले जानकारी दिएको छ । 

मन्दिर नेपाली सेनाका बाहिनी पति सहायक रथी कुमार लामाद्धारा मुर्ती राखी पुजा गरी अनाबरण गरिएको थियो । पौष ७ गते शिलन्यास गरिएको मन्दीर २ महिनामा सम्पन्न गरिएको सुरक्षा वेस क्याम्प सेमु दुनैले जनाएको छ ।

९६ के जीको सरस्वती माता को मुर्ती राखी मन्दीरमा पुजा गर्ने गरिएको छ । नेपाली सेना दिन रात खटेर यो हिउदको चिसोमा पनि काम गरेर निमार्ण भएको र अब यसको रेख देख सरसफाईमा विद्यालयले ध्यान दिनु पर्ने सडक निमार्ण कार्यदलका प्रमुख सेनानी विश्व बन्धु पाहाडीले सुझाब दिए ।

विद्यालयको नाम सरस्वती भएता पनि सरस्वती माताको मन्दिर नभएको र पहिलेबाट शिक्षक विद्यार्थीहरुले विद्यालयको कक्षाकोठाको पर्खालमा सामान्य माटो को सरस्वती को चित्र बनाएर चित्रलाई पुजाआजा गर्दै आएको कक्षा १० मा अध्यानरत रेसम मल्ले बताए । 

कार्यक्रममा प्रमख जिल्ला अधिकारी भुपेन्द्र थापाले नेपाली सेनाले विभिन्न समयमा परि आएको बिपदमा ठुलो अतुलनिय सहयोग गर्देै आएको र यस विद्यालयमा पनि सरस्वतीको मन्दिर बनाएर ठुलो उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । नेपाली सेना सुरक्षा सेमु दुनै र कालीदतत्त गुल्म लाई मन्दिर निर्माण गरीदिएको मा शिक्षक दिद्यार्थीहरुले खुसी हुदैँ धन्यबाद दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही