२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रधानमन्त्रीले नचाहादैमा काग्रेस अराष्ट्रिय हुदैन : पौडेल

२३ मंसिर २०७२, बुधबार ०५:४४

महेन्द्र केसी, मंसीर २३, पर्वत / नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहादैमा नेपाली काँग्रेस अराष्ट्रिय नहुने बताएका छन् । बुधबार पर्वतमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रमले नचाहादैका काँग्रेस अराष्ट्रिय नहुने बताए । पछिल्लो समयमा काँग्रेसभित्र देखिएको राजनीतिक सकसका बारेमा बोल्दै नेतृत्वको कमजोरीका कारण समस्या देखिएको बताए ।

“कोहि बोल्न चान्दैन, कोहि अरुको पछि लाग्छन्” त्यसैले गर्दा पाटीभित्र पछिल्लो समयमा राजनीतिक समस्या पैदा भयो जसका कारण सरकारमा जान सकेनौ । उनले भने । पाटीभित्र एकता नभएका कारण पाटी प्रतिपक्षमा बस्नुपरेको बताउँदै पौडेलले अब देशमा भएको राजनीतिक समस्याको समधान गर्नको लागि नेपाली काँग्रेस प्रतिपक्षमा भएता पनि निर्णायक भुमिकामा रहेको दाबी गरे । “पछिल्लो समयको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि आफ्नै पाटीले निर्णायक भूमिका रहेको छ” पौडेलले भने ।

पौडेलले तराईमा आन्दोलनरत मधेसी मोर्चाको समस्या समाधानको महत्वपुर्ण माध्यम वार्ता र छलफल भएको जिकिर गरेका छन् । आन्दोलनरत दललाई समस्याको समधानको लागि बार्तामा आउन र दशगजा छाड्नको लागि आग्रह गरेको बताए ।े “ दशगजा छोड्नुस, आन्दोलन जारी राख्नुस केहि फरक पदैन तर बार्तामा आएर समस्याको समधान खोज्नुस” भनेका छौ । पौडेलले भने । उपसभापती पौडेलले आगामी महाधिवेशनमा आफू पार्टीको सभापतिको लागि उम्मेदवारी दिने बताए ।

“कसैले चाहादैमा र कसैले नचाहादैमा हुने हैन म सभापतिको लागि उम्मेदवारी दिन्छु” पौडेलले भने । यसैविच पर्वतमा पनि नेपाली काँग्रेसले नयाँ संबिधानको बिशेषताको बारेमा सन्देश प्रवाह गराउन ‘जनताको आगँनमा काँग्रेस अभियान’ सुरु गरेको छ । नयाँ संबिधानले गरेका व्यवस्था, संघिय संरचना, शासकीय स्वरुप लगायतका विषयमा गाउँ तहका कार्यकर्ता र सर्वसाधारणलाई जानकारी गराउदै कार्यान्वयन गर्ने वातावरण सृजना गर्ने उद्देश्यले अभियान सुरु गरेको हो । ‘कस्तो बन्यो संबिधान ? एकताको अभियान’ भन्ने नारासहित उक्त अभियान शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट