Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २२ चैत्र आईतवार
बर्दिया - BRD

शशक्त बन्दै महिलाहरु

२०७४, ९ चैत्र शुक्रबार १४:५७

सास । चैत्र ९, बर्दिया ।

जिल्लाको राजापुर नगरपालिकामा
आजदेखि नगर स्तरीय महिलाहरुका लागि ५ दिने आधारभूत उद्घोषण तालिम शुरु गरिएको छ ।


राजापुर नगरपालिकाको आर्थिक सहयोग र
रेडियो साथी एफ एमको आयोजनामा सञ्चालन गरिएको तालिममा १० वटै वडाका २० जना
महिलाहरुलाई तालिम दिईएको हो । तालिमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै राजापुर
नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले विभिन्न ठाउँ
, सार्वजानिक
सरोकारका विषयहरुमा आवाज उठाउन सक्ने
, विकासे योजनामा स्थानिय आवश्यकताका
वारेमा वोल्न सक्ने र आत्म विश्वासी वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको
बताउनुभयो । वहाँले सहभागीहरुलाई ५ दिनसम्म ध्यान पूर्वक ज्ञान हासिल गरी
नगरपालिकाका हरेक कार्यक्रममा सहभागि भएर रचनात्मक सहयोगको अपेक्षा राखेको वताउनु
भएको थियो ।

आज तालिमको पहिलो दिन रेडियो
गुर्वावा एफ एम बाँसगढी वर्दियाकी स्टेशन म्यानेजर तथा सिआईएनका संवाददाता पुष्पा
चौधरीले सहजीकरण गर्नु भएको तालिममा टेक्निकल कलेज राजापुरका गिता अर्यालले सहभागिहरुले
आत्म विश्वास बढाएर ज्ञानको घैटो भरिने गरि सिक्नु पर्ने वताउनु भएको थियो ।

राजापुर कम्युनिकेशन प्रा लि का
अध्यक्ष विश्वमान प्रधानको सभापतित्वमा सञ्चालन भएको तालिममा नगर प्रमुख
, पत्रकारहरुको
उपस्थिति रहेको कार्यक्रममा
स्वागत मन्तव्य रेडियो साथी एफएमका
स्टेशन म्यानेजर तथा पत्रकार मिन अधिकारीले राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण
टेक्निकल कलेजका व्यवस्थापक राज कुमार थारुले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते