रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भ"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसीमा पन्ध्रदिने मेला

११ चैत्र २०७४, आईतवार ०९:०३

चैत ११, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको भीड लागेको छ । 


रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत देशबाट हजारौं दर्शनार्थीको सहभागिता छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीमा यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो । 

उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने सुनकोशी तथा खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको संख्या दोब्बर बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । “हलेसीसम्मको सीधा यातायात जोडिएपछि काठमाडौँं, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायत दर्शनार्थी सीधै गाडी रिजर्भ गरेर आएका छन्”, उहाँले भन्नुभयो, “दर्शनार्थीको बाक्लो भिड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयंसेवक परिचालन गरिएको छ ।” 

मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको प्रजिअ एकदेव अधिकारीले जानकारी दिनुभयो । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, दुंँदेलो गुफालगायत धार्मिक तथा पर्यटकीयस्थल छन् । 

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबारलगायतमा ठूलो मेला लाग्छ । तराईसँगको सीधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो