२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कपडा धुने व्यवसायी फटाउँदै

२०७४, १२ चैत्र सोमबार ०७:०९

मनिषा राई/चैत्र १२ रोल्पा | यतिवेला रोजगारीको शिलशिलामा दैनिक विदेसिनेको क्रम बढिरहेको छ । तर रोल्पा नगरपालिका–१० धबाङ निबासी राजेन्द्र परियारको राजेन्द्र टेर्लस ÷ ड्राइकिलिनर्स कपडा धुने व्यवसाय लिबाङमा फस्टाएको छ ।


रोल्पा नगरपालिका–४ लिबाङमा राजेन्द्र टेर्लस÷ड्राईकिलिनर्सका व्यवस्थापक राजेन्द्र परियारले २०७० सालबाट कपडा धुने मिसिनबाट कपडा धुने व्यवसायी सञ्चालन गर्नुभएको थियो । अहिले कपडा धुने मिसिनबाट घर परिवारको खर्च जुट्नुको साथै आवश्यक आम्दानिको स्रोत भएको पनि परियारले बताउनुभयो ।


सुरुमा ४२ हजार, ५० हजार र ९० हजारको फरक–फरक मूल्यका कपडा धुने मिसिन खरिदबाट व्यवसायी सञ्चालन गर्नुभएका परियारले अहिले ग्राहकको मागलाई मध्यनजर गर्दैरु १ लाख ५० हजारको कपडा धुने मिसिन समेत खरिद गर्नुभएको छ । जसले उहाको कपडा धुने व्यवसायी फटाउँदै गएको छ ।

गर्मीयाममा भन्दा चिसोयाममा धेरै कपडा धुने ग्राहक आउने भएकाले चिसो मौसममा बढि आम्दानि हुने गरेको व्यवस्थापक परियारले बताउनुभयो । उहाँले भन्नुभयो– ‘म एक्लै ग्राहकलाई समयमा नै सेवा प्रदान गर्न नसक्ने भएकोले मासिक ७ हजारमा मेरो सहयोगी रोखेको छु ।’

आफनौ व्यवसायीमा लगानी अनुसार सन्तोजनक आम्दानी भएको व्यवस्थापक परियारले बताउनुभयो । कपडा धुने मिसिनबाट कोट, जकेट, पाइन्ट, बलाङ्केट लगायतका अन्य कपडाहरु समेत धुने गरिन्छ । कपडा अनुसार मुल्य पनि फरक–फरक पर्ने व्यवस्थापक परियारले बताउनुभयो ।

‘कपडा धुने व्यवसायबाट मासिक २० देखि ३० हजारसम्म मासिक रुपमा कुल आम्दानी हुन्छ । सबै खर्च कटाएर पनि मासिक रुपमा १० हजारदेखि १५ हजारसम्म आम्दानी हुन्छ ’ उहाले भन्नुभयो ।

नेपालमा रोजगार छैन भन्दै दैनिकि युवाहरु बिदेशिन भौतारिरहेको बेला उमेर ढल्किदै गरेका परियार भने ग्राहकको घरसम्म सामान पु¥याउन, मिसिनसम्म ल्याउनमा नै व्यस्त हुनुनुन्छ । विदेश जान पनि लाखौं रुपैया लागनी गर्नुपर्ने भएकाले पनि थोरै लगानीमा भएपनि आफ्नै ठाउँमा नै व्यवसायी सञ्चालन गर्दा फरक सन्तुष्ट मिलेको उहाको भनाई छ ।

साथै उहाले भौतारिरहेका युवाहरुलाई व्यवसाय सन्चालन गर्नको लागि सरकारले पनि सरकारी तथा गैर सकारी निकायबाट न्यून व्यजदरमा ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो ।

दलित समुदायले थरको आधारमा परम्परागत पेशालाई निरन्तरता दिई रहेको बेला परियारले कटाई सिलाई पनि खलो प्रथामा नगरेर सोही पेशालाई आधुनिकरणसँगै फरक व्यवसायी सञ्चालन गर्नुभएको छ ।

उहाले भन्नुभयो ‘‘नेपाल सरकारले अब पनि न्यून लगानीमा व्यवसायी सञ्चालन गरेका दलित गैर दलित समुदायका व्यवसायिको व्यवसाय प्रर्वद्वन गर्ने महत्वपूर्ण कार्यक्रम तय गरी प्रभावकारी कार्यान्वयमा ध्यान दिनुपर्छ । जसले गर्दा नेपाली युवालाई आफ्नै ठाउँमा व्यवसायी सञ्चालन गर्ने वातारण बन्न सक्छ ।’’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु