२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा

२०७४, १२ चैत्र सोमबार १०:०८

चैत १२, ललितपुर | ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन् । 

कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै शुरु गर्नुपर्ने व्यवस्था भएपनि पुस्तौँदेखि सञ्चालित पसल दर्ता नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताउनुभयो । दर्ता भएका पसलमध्ये पनि धेरैजसो नविकरण भएका छैनन् । 

दर्ता भएर व्यवसाय शुरु गर्दा पाइने सुविधाका बारेमा कतिपय व्यवसायीलाई जानकारी छैन । उहाँ भन्नुहुन्छ, “कतिपय व्यवसायीलाई जानकारी नै छैन, जानकारी भएकाहरुले वेवास्ता गरिरहेका छन् ।” व्यवसायीले दर्ता र नविकरण गर्न झन्झट मान्ने गरेका छन् । 

नगरका भित्रि भाग र महानगरपालिकामा अहिले गाभिएका साविक गाविस दुवैतिर दर्ता नभई सञ्चालन भएका मासु पसल धेरै रहेको प्रमुख साह बताउनुहुन्छ । 

पुस्तौँदेखि मासु बेच्दै आएका कतिपय व्यवसायी मासु पसल दर्ता गर्न आवश्यक ठान्दैनन् । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सुधार हुने उहाँको भनाइ छ । स्थानीय निकायले पूर्णरुपमा काम गर्न थाल्दा पसलको दर्ता बढ्न सक्छ । 

उहाँ भन्नुहुन्छ, “वडा कार्यालयमा सेवा शुरु भएमा दर्ता प्रक्रियामा आउन सक्छन् ।” उपमहानगरपालिका हुँदासम्म यहाँ झण्डै ३०० मासु पसल दर्ता थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते