२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा पिछडिएका महिलालाई जीविकोपार्जनका लागि २० लाख प्रदान

२०७४, १२ चैत्र सोमबार १०:५९

चैत १२, गौशाला | महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलियाका गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाको जीविकोपार्जनका लागि एक संस्थाले आज रु २० लाख प्रदान गरेको छ । 

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोगमा भटौलियाका २० वटा नागरिक सचेतना केन्द्रका सदस्यलाई जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्रत्येक समूहलाई रु एक लाखको दरले २० वटा समूहलाई रु २० लाख प्रदान गरिएको हो । 

संस्थाले आज आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साहले २० वटै समूहका महिला सदस्यलाई घुम्ती कोषका रुपमा रु २० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । 

भटौलियामा संस्थाकै सहयोगमा सञ्चालन गरिएको ५२ हप्ते रिफ्लेक्ट कक्षामा सहभागी भएका स्थानीय २० वटै नागरिक सचेतना केन्द्रका महिलाले आफैँले छलफल र निर्णयबमोजिम खोलिएका सानातिना खुद्रा पसल, हाट बजारमा गर्ने पसल, होटल, पशुपालन, हाँस कुखुरा पालन, सिलाइ बुनाइ, कृषिलगायतका व्यवसाय गर्दै आएकामा जीविकोपार्जनका लागि उनीहरुलाई रु २० लाख प्रदान गरिएको हो । 

प्रत्येक समूहले प्राप्त गरेको रकम आफ्नो समूहभित्रका सदस्यमा एक निश्चित तोकिएको अवधिपछि हस्तान्तरण गर्दै जाने र त्यसमा सानो आकारको ब्याजसहित उपलब्ध गराउने व्यवस्था छ । 

यसरी गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाले संस्थालाई नफर्काउने गरी आफ्नो जीविकोपार्जनका लागि संस्थाबाट रु २० लाख घुम्ती कोषका रुपमा पाएर निकै खुशी भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते