२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा शल्यक्रिया शिविर सम्पन्न

२०७४, १२ चैत्र सोमबार १५:४२

चैत १२, कालिकोट  | पाठेघर खसेका महिलाहरुको अप्रेशन शिविर सोमबार सम्पन्न भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा गत सोमबारदेखी जिल्ला अस्पताल कालिकोटमा सञ्चालन भएको उक्त शिविर सोमबार सम्पन्न भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयय निमित्त प्रमुख डा. नहकुल शाहीले सात दिनको शिविरमा ६ जना महिलाहरुले मात्र सेवा लिएको जानकारी दिए । उनका अनुसार पाठेघरको स्क्रिनिङ धेरै महिलाहरुको भयो । जसमा समस्या देखिएका ७ जना महिला मध्य ४ जनाको जिल्ला अस्पतालमै अप्रेशन भएको छ । २ जनाको स्वास्थ्य अवस्था जटिल भएकाले उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

एक जना महिला अप्रेशनकै बेडबाट डरले अप्रेशन नगराई घर फर्किएकी छन् । डा. शाहीले आफुहरुले शिविरको आयोजना गर्दा ३०–३५ जना महिलाहरुले निःशुल्क अप्रेशन सेवा लिने अनुमान गरिए पनि त्यस अनुसार सेवाग्राही नआएको बताए । निःशुल्क आयोजना गरिएको शिविरमा सेवाग्राही नआउनुमा केही महिना अघि जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आएकी सुत्केरी महिलाको मृत्युपछि भएको अससामान्य वातावरणका कारण हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते