२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण

१३ चैत्र २०७४, मंगलवार ०६:१६

चैत १३, पोखरा | भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

लायन्स क्लब अफ पोखरा संगम र लियो क्लब अफ पोखरा संगमद्वारा रु २५ लाखको लागतमा निर्मित तीनकोठे पक्की भवन र रु १० लाख बराबरको शैक्षिक सामग्री लायन्स क्लबका डिष्ट्रिक गभर्नर धनराज आचार्यले आज विद्यालयका प्रअ महेन्द्रराज देवकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य सुकमाया गुरुङलाई हस्तान्तरण गर्नुभयो । 

भौतिक पूर्वाधार निर्माणका साथै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गरी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले क्लबद्वारा तीन थान टेबुलसहित कम्प्यूटर, एक थान प्रोजेक्टर, १३ थान डेस्क–बेन्च र एक वर्षका लागि डाटा प्याकेजको समेत व्यवस्था गरिएको क्लबका अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगर–१३ का वडाध्यक्ष दर्शन लामाको सक्रियतामा जग तयार पारिएको सो भवन निर्माणमा तीतेपानी ट्रष्टबाट रु पाँच लाख ४७ हजार र बाँकी लायन्स क्लव अफ पोखरा संगमको सक्रियतामा स्वीजरल्याण्डस्थित चार क्लबको आर्थिक सहयोग रहेको छ । 

कार्यक्रममा डिष्ट्रिक गभर्नर आचार्यले भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधारका साथै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको मन जित्न सक्नुपर्नेमा जोड दिनुभयो । लायन्स क्लबका पूर्व गभर्नरद्वय प्रेमबहादुर श्रेष्ठ र दीपक श्रेष्ठले सामाजिक सेवामा समर्पित लायन्स क्लबले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत विभिन्न क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्दैआएको बताउनुभयो । 

लायन्स क्लब अफ पोखरा संगमका पूर्वअध्यक्ष टीकाराम सापकोटाले भूकमपछि बाँसका कोठामा सञ्चालित पठनपाठन दाताको सहयोगबाटै पक्की भवनमा परिणत भएको उल्लेख गर्नुभयो । 

भूकम्पबाट क्षतविक्षत विद्यालयको भौतिक निर्माणका लागि यसअघि जिल्ला शिक्षा कार्यालयको रु १९ लाख २२ हजार लागतमा चारकोठे ट्रष्ट भवन सहित कुल १७ कोठा रहेको सो विद्यालयमा हाल ४५ जना विद्यार्थी अध्ययनरत छन् भने ११ जना शिक्षकशिक्षिका अध्यापनरत रहेको प्रअ देवकोटाले जानकारी दिनुभयो | रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की