२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण

२०७४, १३ चैत्र मंगलवार ०६:१६

चैत १३, पोखरा | भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

लायन्स क्लब अफ पोखरा संगम र लियो क्लब अफ पोखरा संगमद्वारा रु २५ लाखको लागतमा निर्मित तीनकोठे पक्की भवन र रु १० लाख बराबरको शैक्षिक सामग्री लायन्स क्लबका डिष्ट्रिक गभर्नर धनराज आचार्यले आज विद्यालयका प्रअ महेन्द्रराज देवकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य सुकमाया गुरुङलाई हस्तान्तरण गर्नुभयो । 

भौतिक पूर्वाधार निर्माणका साथै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गरी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले क्लबद्वारा तीन थान टेबुलसहित कम्प्यूटर, एक थान प्रोजेक्टर, १३ थान डेस्क–बेन्च र एक वर्षका लागि डाटा प्याकेजको समेत व्यवस्था गरिएको क्लबका अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगर–१३ का वडाध्यक्ष दर्शन लामाको सक्रियतामा जग तयार पारिएको सो भवन निर्माणमा तीतेपानी ट्रष्टबाट रु पाँच लाख ४७ हजार र बाँकी लायन्स क्लव अफ पोखरा संगमको सक्रियतामा स्वीजरल्याण्डस्थित चार क्लबको आर्थिक सहयोग रहेको छ । 

कार्यक्रममा डिष्ट्रिक गभर्नर आचार्यले भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधारका साथै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको मन जित्न सक्नुपर्नेमा जोड दिनुभयो । लायन्स क्लबका पूर्व गभर्नरद्वय प्रेमबहादुर श्रेष्ठ र दीपक श्रेष्ठले सामाजिक सेवामा समर्पित लायन्स क्लबले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत विभिन्न क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्दैआएको बताउनुभयो । 

लायन्स क्लब अफ पोखरा संगमका पूर्वअध्यक्ष टीकाराम सापकोटाले भूकमपछि बाँसका कोठामा सञ्चालित पठनपाठन दाताको सहयोगबाटै पक्की भवनमा परिणत भएको उल्लेख गर्नुभयो । 

भूकम्पबाट क्षतविक्षत विद्यालयको भौतिक निर्माणका लागि यसअघि जिल्ला शिक्षा कार्यालयको रु १९ लाख २२ हजार लागतमा चारकोठे ट्रष्ट भवन सहित कुल १७ कोठा रहेको सो विद्यालयमा हाल ४५ जना विद्यार्थी अध्ययनरत छन् भने ११ जना शिक्षकशिक्षिका अध्यापनरत रहेको प्रअ देवकोटाले जानकारी दिनुभयो | रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित