२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भूकम्प सुरक्षा दिवसको दिन, पुनःनिर्माण महाअभियान शुरु

२ माघ २०७२, शनिबार ०५:१९

माघ २, पर्वत । भूकम्प सुरक्षा दिवसको दिन पारेर सरकारले शनिबारदेखि ‘पुनर्निर्माण महाअभियान’ शुरु गरेको छ । प्राधिकरणले ऐतिहासिक धरोहर र जनताको आवास क्षेत्र दुबै स्थानबाट एकैदिन महाअभियान घोषणा गर्न लागेको हो ।

सरकारले माघ २ गतेको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाउँदै आएको छ । विसं १९९० साल माघ २ गते दिउँसो भूकम्प गएकै दिन पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनःनिर्माण महाअभियान सञ्चालन गरेको हो । र्बैशाख १२ गते गएको भूकम्पको झण्डै नौ महिनापछि पुनःनिर्माण तथा नवनिर्माणको कार्य प्राधिकरणले शुरु गरेको हो ।

पुर्ननिर्माणको अभियान शुरु भएता पनि वास्तविक पुनर्निर्माणको काम भने आगामी बैशाखदेखि हुनेछ । सोही अबसर पारे पर्वतमा पनि दैविक प्रकोप उद्धार समितिको आयोजनामा जिल्लामा प्रभातफेरि गरिएको छ । “बैशाख १२ मा गहिहाल्यो भुइचालो, सुरक्षित पुर्ननिर्माणमा जुट्ने आयो पालो” भन्ने मुल नाराका साथ बडागाउँ देखि जिल्ला प्रशासन कार्यालय सम्म प्रभातफेरि गरी कोणसभामा परिणत गरिएको थियो । कोणसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले मानिसहरु सचेत भएरपनि त्यसलाई व्यवास्था गरेका कारण भूकम्पबाट ठूलो क्षति व्यर्होनु परेको बताए ।

“घर निर्माण गर्दा मान्छेले कसरी हुन्छ छिटो सक्नपाए हुन्थ्यो भन्छ त्यसपछि कुनै नियमसंगत रुपमा घर बनाउँदैन तर जब घरबाहिर बस्नपर्छ अनि बल्ल मान्छेको होस खुल्छ” उनले भने । घर बनाउँदा मापदण्ड अनुसार इन्जिनियर गरेर घरको निर्माण गर्न सकेमा भुकम्पबाट ठूलो क्षति व्यहोर्न नपर्ने उनको तर्क छ । नेपाल भूकम्पीय रुपमा अति जोखिम क्षेत्र भएका कारण जुनस्ुकै समयमा भूकम्पका धक्का महसुस हुने भएका कारण त्यसबाट बच्नको लागि आम नेपाली सजग हुनुपर्ने र घर तथा निर्माणका कार्य गर्दा सोही अनुसारको बनाउनुपर्नेमा उनले जोड दिए । पर्नुनिर्माण महाअभियानको अबसरपारी भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको जिम्मेवारी पाएको प्राधिकरणले भूकम्प गएको ९ महिनापछि पुर्ननिर्माणको अभियान शानिबारदेखि आरम्भ गरेको हो । प्राधिकरणले आगामी वैशाख १२ गतेसम्म भूकम्प प्रभावित प्रत्येक गाविसरनगरपालिकामा पुनःनिर्माण कार्य सुरु गरिसक्ने योजना अघि सारेको छ ।

प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको खाका र प्राप्त अनुदानबारे अन्तर्रा्ष्ट्रिय दातृ समुदायलाई जानकारीसमेत गराइसकेको छ । तीन हप्ताभित्र प्रभावित १४ जिल्लामा प्रतिजिल्ला १ सय इन्जिनियर र १सय जना समुदाय परिचालक गरी करिब तीन हजार तथ्याङ्क सङ्कलनमा जुट्ने भएका छन् । यही माघभित्र सर्वेक्षण सम्पन्न भएका गाविसबाट क्रमशः आवास निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको प्राधिकरले जनाएको छ । प्राधिकरणले पहिलो चरणमा स्थानीय तहमा उपलब्ध निर्माणकर्मी, दोस्रो चरणमा स्थानीय इच्छुक व्यक्ति र तेस्रो चरणमा भूकम्प प्रभावित क्षेत्रबाहिर रहेका निर्माणकर्मीलाई तालिम प्रदान गर्ने बताइएको छ ।

निर्माणका काम गुणस्तरीय र मापदण्डअनुसार हुन सकुन् भनेर अनुगमन गर्ने प्रयोजनका लागि भूकम्प अतिप्रभावित क्षेत्रमा ६ वटा र प्रभावित अन्य जिल्लाका लागि एक स्थानमा गरी ७ वटा उपक्षेत्रीय कार्यालय खडा गर्ने निर्णयसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ । पुनःनिर्माण ऐनमा व्यवस्था भएअनुसार प्रत्येक जिल्लामा ‘जिल्ला समन्वय समिति’ गठन गरी सचिवालय स्थापना गर्ने प्राधिकरणको लक्ष छ । आवास पुनःनिर्माण कार्यमा स्थानीय जनतालाई सहयोग पु¥याउन निश्चित गाविसरनगरपालिकालाई समेटी पायक पर्ने स्थानमा स्रोत केन्द्र स्थापना गरिने बताइएको छ । त्यसैगरी प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वा्चित सांसदको नेतृत्वमा राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद गठन गर्नेछ ।

गोरखा भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शनिबारदेखि पुनःनिर्माणसम्बन्धी महाअभियान सुरु गरेको हो । प्रमुख दलहरुबीचको खिचातानीका कारण प्राधिकरण गठनमा ढिलाइ भएको हो । राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय समुदाय समेतलाई विश्वासमा लिएर आगामी २०७३ साल वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित प्रत्येक गाविस–नगरपालिकामा पुनःनिर्माण कार्य सुरु गरिसक्ने योजना सरकारले अघि सारेको छ ।

प्राधिकरणलाई पुनःनिर्माणको आवश्यकता यकिन गरी प्राथमिकता निर्धारण गर्ने, नीति, बजेट तथा कार्यक्रम र आयोजना स्वीकृत गर्ने, कार्य्विधि बनाई पुनःनिर्माणका लागि आवश्यक जग्गा प्राप्त गर्ने तथा पुनःनिर्माणको कामलाई आर्थिक पुनःस्थापनासँग जोडेर लैजान सक्ने अधिकार प्रदान गरिएको छ । पुनःनिर्माणका लागि प्राधिकरणको छुट्टै कोष हुने व्यवस्था छ । सरकारले बजेटमा विनियोजन गरेको रकममध्ये मन्त्रालयगत रुपमा रु ४९ अर्ब बराबरको कार्यक्रम सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

एक महिनाभित्र गाउँगाउँमा अभियान
प्राधिकरणले भवन क्षति सर्वेक्षणका लागि आगामी १० दिनभित्र ५सय र एक महिनाभित्र एक हजार ५सय जना इन्जिनियरलाई गाउँगाउँमा पठाउने तयारी गरेको छ । भूकम्प प्रभावित क्षेत्रका जनतालाई पैसा दिएर मात्र भूकम्प प्रतिरोधी घर तथा आवास निर्माण हुन नसक्ने भएका कारण जनपरिचालन गर्नुपर्ने प्राधिकरणको अनुमान छ सरकारले नै पुर्ननिर्माणको कामको थलानी गरेमा मात्रै भूकम्प प्रतिरोधात्मक संरचना बन्न सक्ने देखिन्छ । पीडितले संरचना निर्माण गर्दा आवश्यक पर्ने मापदण्ड तथा संरचनाको डिजाइन सम्बन्धी जानकार नहुने भएका कारण पनि सरकार आफैले बनाएमा त्यसको औचित्य रहने देखिन्छ । अभियान अभियानकै रुपमा मात्रै रहेमा त्यसको औचित्य नरहेन भएका कारण गाउँगाउँमा यसको औचित्यलाई सार्थक तुल्याउनको लागि जोड दिइनुपर्छ ।

गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण र नवनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय समुदायले आर्थिक सहयोग र सहुलियत दरको ऋण सहायता गरी रु चार खर्ब १० अर्बको प्रतिबद्धता जनाएको थियो । त्यसमध्ये ९१ अर्बका सम्झौता भइसकेको छ । त्यसमा तीन खर्ब बराबरको सहायताको कार्यक्रम आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । भूकम्पमा परेर आठ हजार ८९१ जना व्यक्तिको मृत्यु हुनुका साथै २२ हजार २सय व्यक्ति घाइते भएका थिए । त्यस्तै छ लाख आठ हजार १सय ५५ घर पूर्ण तथा दुई लाख ९८ हजार ९ सय ९८ हजार घरगोठ आंशिक रुपमा क्षति भएका थिए । विद्यालय, अस्पताल, स्वास्थ्य चौकीसमेत गरी दुई हजार ६ सय ८७ सरकारी भवन पूर्ण तथा तीन हजार ७ सय ७६ कार्यालयमा आंशिक क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै