२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसइई दिँदै गरेकी छात्रा कोठामै मृत फेला

१३ चैत्र २०७४, मंगलवार १३:१६

चैत्र १३ सुर्खेत। नेपाल सरकार परीक्षा नियन्त्रण कार्यालयबाट हुने अन्तिम परीक्षाको रुपमा लिईएको एसइई परीक्षाकी एक परीक्षार्थी  मृत अवस्थामा भेटिएकी छन् । सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा उक्त परीक्षार्थी आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् ।

पञ्चपुरी नगरपालिका–३ साल्कोट स्थायी घर भएकी १८ बर्षिया गौरीकला रोकाया मंगलबार विहान मृत भेटिएकी छन् । एसइई परिक्षाकाका लागि बाबियाचौरको मिन बहादुर रावलको घरमा डेरा गरी बसेकी रोकाया आफ्नै कोठामा बिभत्स अवस्थामा भेटिएकाले कसैले हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सोमबार साझ सामान्य तथा सकुशल अवस्थामा आफ्नै कोठामा रहेकी रोकाया विहान परीक्षा तयारीको लागि कोठाबाट नजिक्लीएपछि उठाउन कोठामा छिर्दा विभत्स अवस्थामा रोकाया मृत भेटिएकी घरधनीले बताएका छन् । सूर्यप्रकाश मावि पलैटियामा अध्ययनरत छात्रा एसइई परीक्षा केन्द्र रहेको विद्या ज्योति मावि बाबियाचौरमा परीक्षा दिदै आइरहेकी थिईन । 

मृत छात्राको  शरीरमा चोट र निल डामहरु देखिएको र वीभत्स अवस्थामा मृत भेटिएका ले हत्या भएको हन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम प्रसाद चौधरीले जानकारी दिएका छन् । उक्त घटनाको छानविन भैरहेको र मृतक छात्राको पोष्टमाटमका लागि क्षेत्रिय अस्पताल कालागाउ सुर्खेतमा ल्याइएको भन्दै उक्त घटनाबारे प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै