२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

निर्माण कार्य शुरु गरिएको ३३ वर्ष बित्दा पनि सडक बनेन

१४ चैत्र २०७४, बुधबार ०८:३५

केशबचन्द्र महरा/डोटी, १४ चैत | निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन । 

कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको सडक हो । 

शुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले कछुवा गति लिएको हो । सडकको जंगल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याँकनमा भएको ढिलाइले दुईवटा आर्थिक वर्षको बजेट फ्रिज भएको सडक विभागका निर्देशक शिवकुमार नेपालले बताउनुभयो । 

उहाँले भन्नुभयो,–“पहिला वतावरणीय प्रभाव अध्ययनमा भएको ढिलाइले बजेट फ्रिज भए पनि अहिले काम निरन्तर भइरहेको छ, सडक निर्माणका लागि रकमको अभाव छैन् ।” 

बोगटान सडक डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक हो । सडकको निर्माण कार्य अलपत्र पर्दा यहाँको जीवनस्तर समेत माथि उठ्न नसकेको स्थानीयवासी धनबहादुर कलले बताउनुभयो । निर्माणाधिन यो सडकको निर्माणकार्य अनिश्चित भएपछि स्थानीयवासी निराश भएको उहाँले बताउनुभयो । 

छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सहजपुरदेखि डोटीको बडिकेदार अतरकाँडासम्म मात्र सडक पुगेको छ । एक सय आठ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ किलोमिटर मात्र ट्र्याक निर्माण गरिएको छ । ट्र्याक खोलिएको उक्त सडकमध्ये १८ किलोमिटरमा मात्र १२ महिना सवारी चल्ने गर्दछ । 

सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालीन समयमा कृषि सडकका रुपमा नामाकरण गरेर डोटीका साविकका १७ गाविसका कृषकलाई लाभ पु¥याउने उद्देश्यका साथ निर्माण शुरु भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु