२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौरीकला हत्या आरोपमा ट्राफिक प्रहरीसहित ३ पक्राउ

१४ चैत्र २०७४, बुधबार १३:४५

चैत १४,सुर्खेत। पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमा डेरामा बसेकी गौरीकला रोकायको हत्या आरोपमा ट्राफिक प्रहरी सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिकाका होटल व्यवसायी लक्ष्मी बास्तोला, सोही नगरपालिकाका खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी जवान हरिप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । १२ गते रहस्यमय मृत्यु भनिएकी गौरीकला रोकायालाई होटल व्यवसायी लक्ष्मी बास्तोलाले १२ गते राती साढे ११ बजे मोटर साइकलमा राखी रंगशालातर्फ लगेर गएको बताइएको छ ।

गौरीकलालाई यौनजन्य अपराध पश्चात लक्ष्मी बास्तोलाले मोटरसाइकलमा राखी गौरीकलाको डेरामा पु¥याउने क्रममा मोटरसाइकलबाट लडेर घाइते भएर उपचारमा लापरबाही भइ अलपत्र अवस्थामा छाडेर गएकाले मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए ।मृत्यु भएकी गौरीकलाको पोष्टमार्टम रिर्पोट मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा पठाइएको र घटनामा बरामत भएको मोबाइलको कल रेर्कडबाट शंका गरिएका लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र प्रहरी जवान हरि कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक चर्तुवेदीले बताए ।

प्रहरी उपरीक्षक चर्तुवेदीले अभियुक्त ३ जनालाई कर्तव्य ज्यान अन्तर्गत जाहेरी प्राप्त भएपश्चात सोही मुद्धामा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

यसैबीच सुर्खेतका महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्ने सुन्दर नेपाल संस्था, आवाज, सामुदायिक सुधार संस्था, नवज्योती केन्द्र, सुर्खेत, केड नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, वातावरण सुधार समाज, वाम, मानव अधिकार, समाज जागरण केन्द्र(स्याक) नेपाल, एकता फाउण्डेशन नेपाल, सुर्खेत महिला जेसीज, किडार्क नेपाल, अन्तरपार्टी महिला सञ्जाल सुर्खेत, र एकल महिला समूह गरि विभिन्न १६ वटा गैर सरकारी संस्थाले आन्तरिक मामिला तथा कानुन मन्त्रिलाई सम्बोधन गरी संयुक्त रुपमा ज्ञापन–पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य