Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भारतले लगाएको ५ ओटा काठेपूल नेपालीले भत्काए

By साझासवाल

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । भारतीय पक्षले महाकाली नदीमा लगाएको आठ वटा काठेपूल मध्ये पाँच वटा पूल व्यास २ राप्लाका स्थानीयले भत्काई दिएका छन् । राप्ला र दुम्लींगका स्थानीयले महाकाली नदीमा काठे पूल लगाउन खोज्दा भारतीय पक्षबाट अवरोध भएपछि स्थानीयले भारतीय पक्षबाट लगाइएको पूल भत्काइ दिएका हुन् । भारतले आफूलाई फाइदा हुने ठाउँमा पुल लगाउने तर नेपालीका स्थानीयलाई अत्यावश्यक रहेका ठाउँमा पुल बनाउन नदिएको भन्दै आक्रोशित बनेका स्थानीयले महाकाली नदीमाथि एकतर्फी रुपमा निर्माण गरेका पुल खोलामा बगाइदिएको स्थानीय नरेन्द्रसिह बुढाथोकीले जानकारी दिनुभयो ।

तम्बाकु, दोपखे, घाटिबगड, पोला, बुँदी र थिईमा भारतीय पक्षले निर्माण गरेका पुलहरू महाकाली नदीमा बगाइदिएका हुन् । अझै घाटीबगर भन्दा माथि पूलहरु लगाएको स्थानीयका आंशका छ । वर्षौदेखि तुइनमार्फत आवत जावत गर्दै आएका राप्ला र दुम्लींगका स्थानीयले काठे पूल लगाउन खोज्दा भारतीय सुरक्षाकर्मीले लगाउन दिएन राप्लाका स्थानीय बुढाथोकीले भन्नुभयो । उनीहरुले पूल लगाउन पाउने हामीले किन लगाउन नपाउने भन्दा अवरोध भयो । भारतियले आठ ठाउँमा पुल लगाउँदा समेत नेपालीले एक ठाउँमा समेत पुल लगाउँन पाएका छैनन ।

राप्ला र दुम्लींगका स्थानीय बीच गाउँमा छलफलपछि भारतीयले लगाइएको काठे पूल भत्काइएको हो । भारतीय पक्षले तम्बाकु र लखनपुर क्षेत्रमा तीन, थीँई, दोपखे, घाटिबगड, पोला र बुदीमा एकएक काठ पुल राखेको पाइएको छ । पूल लगाइएका मध्ये तम्बाकु, थीँई र दोपखेमा राखिएका पुलहरू स्थानीयले बगाइदिएका हुन् ।  पिथौरागढमा भएको दुइ देशका सुरक्षा अधिकारीको बैठकले अस्थायी काठेपूल निर्माणमा दुवै देशको सहमति हुनुपर्ने निर्णय भएको थियो । तर नेपाली पक्षले अनुमति नदिएरै भारतले अहिलेसम्म काठेपूल प्रयोग गरेको व्यासका स्थानीयले बताएका छन् ।

व्यास राप्लाका स्थानीयले राप्लाको माल र तल्ला दुम्लींगमा काठेपूल राख्नपाउनुपर्ने माग गरेका थिए । नेपाली पक्षले राप्लाबासीको मागलाई भारतीय पक्षसामु अनुमतिको लागि यसअघि नै पत्रचार गरिसकेको छ । तर भारतीय पक्षले पनि हालसम्म अनुमति दिएको छैन ।

अनुमति नआएपछि नेपाली पक्षका राप्ला र दुम्लींगका स्थानीयले दुवै ठाउँमा काठेपूल लगाउन खोज्दा एसएसबीले रोक लगाएको राप्लाका स्थानीय नरु बुढाथोकीले बताउनुभयो ।

यसैबीच अस्थायी काठेपूलको विषयमा दुइ देशबीच द्धन्द्ध बढ्न नदिन सुरक्षा सतर्कता बढाइएको छ । अहिले व्यासको दुम्लींग क्षेत्रमा सशस्त्र प्रहरी बल पुगेको छ ।

पूल भत्काउन स्थानीय गएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त क्षेत्रमा सशस्त्र प्रहरी खटाउने निर्णय भएको थियो । सशस्त्र प्रहरीले भने सीमा क्षेत्रको नियमित गस्तीमा सशस्त्र प्रहरी निस्केको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी अम्बिका प्रसाद जोशीले जानकारी दिनुभयो ।