२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको गाडी नेता कार्यकर्ता बोक्न प्रयोग

१५ चैत्र २०७४, बिहीबार १५:३८

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गाडीले पार्टीका कार्यकर्तादेखी गैससकर्मी बोक्ने गरेको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिरमा बिहीबारदेखी शुरु श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ उद्घाटन कार्यक्रममा जाने नेता तथा गैससकर्मीलाई ओसारेको पाईएको हो ।

बिहान ११:४० बजे बा २ झ ३४६७ नम्बरको नगरपालिकाको गाडीले एमाले उपाध्यक्ष रामप्रसाद दंगाल, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको मालिका देबी माविका प्रधानाध्यापक मेघनाथ घिमिरे, बालसेवा समाज नेपाल नेर्पाकी अध्यक्ष चन्द्रकला भुजेल, बालसेवा समाज नेपाल नेर्पाका सदस्य युवाराज रिजाल लगायतका ब्यक्तिलाई दिक्तेलबजारबाट बोकेर कालिका भगवती मन्दिरमा पुर्याएको हो ।


सरकारी नम्बर प्लेटको गाडी बिदामा समेत अनुमती लिएर चलाउनुपर्ने सरकारले नीति ल्याए पनि दिनदहाडै नगरपालिकाको गाडीले जो कोहीलाई बोकेर हिड्दा नगरको गाडी आसेपासे ओसार्ने साधन बनेको छ ।  

आफ्नो नजिक तथा पार्टीगत मान्छेलाई सरकारी गाडीमै बोक्ने प्रबृत्तिले ‘ठुला भुडी हुनेलाई मात्रै बोक्ने सानालाई अपहेलना गर्ने नीति’ देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राम बहादुर बस्नेतले बताए । 

आफूले बिराटनगरबाट आएका पाहुनाहरु ल्याउन भनेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने, सार्वजनिक महत्वका कार्यक्रममा खाली गाडीमा अन्य मान्छे जाने कुरा स्वभाबिक हो । 

पर्यटन प्रवर्धनका लागि विहीबारदेखी आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सामाजिक अभियान्ता महेश रेग्मी बाहेक अन्य जिल्लाकै ब्यक्तिहरु हुन् । सप्ताह ज्ञान महायज्ञ चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो