२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको गाडी नेता कार्यकर्ता बोक्न प्रयोग

२०७४, १५ चैत्र बिहीबार १५:३८

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गाडीले पार्टीका कार्यकर्तादेखी गैससकर्मी बोक्ने गरेको छ । दिक्तेल बजारको दक्षिण पश्चिममा अवस्थित कालिका भगवती मन्दिरमा बिहीबारदेखी शुरु श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ उद्घाटन कार्यक्रममा जाने नेता तथा गैससकर्मीलाई ओसारेको पाईएको हो ।

बिहान ११:४० बजे बा २ झ ३४६७ नम्बरको नगरपालिकाको गाडीले एमाले उपाध्यक्ष रामप्रसाद दंगाल, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको मालिका देबी माविका प्रधानाध्यापक मेघनाथ घिमिरे, बालसेवा समाज नेपाल नेर्पाकी अध्यक्ष चन्द्रकला भुजेल, बालसेवा समाज नेपाल नेर्पाका सदस्य युवाराज रिजाल लगायतका ब्यक्तिलाई दिक्तेलबजारबाट बोकेर कालिका भगवती मन्दिरमा पुर्याएको हो ।


सरकारी नम्बर प्लेटको गाडी बिदामा समेत अनुमती लिएर चलाउनुपर्ने सरकारले नीति ल्याए पनि दिनदहाडै नगरपालिकाको गाडीले जो कोहीलाई बोकेर हिड्दा नगरको गाडी आसेपासे ओसार्ने साधन बनेको छ ।  

आफ्नो नजिक तथा पार्टीगत मान्छेलाई सरकारी गाडीमै बोक्ने प्रबृत्तिले ‘ठुला भुडी हुनेलाई मात्रै बोक्ने सानालाई अपहेलना गर्ने नीति’ देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका राम बहादुर बस्नेतले बताए । 

आफूले बिराटनगरबाट आएका पाहुनाहरु ल्याउन भनेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने, सार्वजनिक महत्वका कार्यक्रममा खाली गाडीमा अन्य मान्छे जाने कुरा स्वभाबिक हो । 

पर्यटन प्रवर्धनका लागि विहीबारदेखी आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सामाजिक अभियान्ता महेश रेग्मी बाहेक अन्य जिल्लाकै ब्यक्तिहरु हुन् । सप्ताह ज्ञान महायज्ञ चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित