छायाँन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

छायाँन"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको बालै गाउँ छाउगोठ मुक्त घोषणा

१६ चैत्र २०७४, शुक्रबार ११:३०

नन्द बहादुर रोकाया/चैत १६, मुगु | मुगु सदरमुकाम गमगढी नजिकै छायाँनाथ रारा नगरपालीका वडा नं ६ मा पर्ने बालै गाउँलाई छाउगोठ मुक्त घोषण गरीएएको छ । 


छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा बिहिबार एक कार्यक्रमको आयोजना गरि छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो  । 

५५ घरधुरीरहेको बालै गाउँमा महिनावारी भएकाबेला छोरी बुहारी, किशोरीहरु गोठमा नबस्ने र सुरक्षित कोठा बनाएर घर भित्रै बस्ने भएकाले बालै गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको  छायाँनाथ रारा नगरपालीका ६ नम्बर वडाकार्यलयले जनाएको छ । 


मुगुमा छाउपडी न्युनिकरणमा १० बर्ष देखि मुगु् जिल्लमा काम गदै आएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र हिरिष्डेक मुगु र  स्थानीय सरकार पनी छाउगोठ मुक्त अभियानमा लागेकाले पछील्ला समय मुगुमा छाउगोठ मुक्त घोषणा गर्ने काम तिब्ररुपमा अघि बढ्ेको छ ।

 २०७१ सालमा मध्य पश्चिमकै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो भने त्यस पछी गहेको माघ महिनामा नगरपालीकाकै माथि तुम गाउँलाई छाउगोठ मुक्त घोषण गरीएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुका  हिरिष्डेक मुगुका मानवअधिकार अधिकृत सन्जु तिमिल्सेनाले बताउनुभयो  । उहाँका अनुसार स्थानीयस सरकार संग सहजिकरण गदै नगरपालिकाका अधिकांश गाउँमा छाउगोठ हटाउने तयारी भइरहेको तिमिल्सीनाको भनाई छ । 

यसअघि गाउँमा छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह खान नपाउने, फलफूलका बोट छुन नहुने, गाई छुन नहुने , घरको जग छुँदा देवी रिसाएर अनिष्ट हुने मान्यता  भएको भएपनी पछील्ला समय त्यो हट्दै गहेको र महिला पनी सचेत भएकाले छाउँगोठ मुक्त घोषणमा स्थानीय सरकार पनी लागेको छायाँनाथ रारा नगरपालीकाकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य