२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पुरुष नभएपछि महिला नै मलामी

२०७४, १८ चैत्र आईतवार ०३:५८

चैत १८, बेनी (रासस) | म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । 

गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताउनुभयो । 

बेली गाउँ यतिबेला शोकमा छ । वैदेशिक रोजगारीका लागि मलेशिया गएका मालिका–२ बेलीका धर्मलाल रोकाको सुतेकै अवस्थामा मलेशियामा मृत्यु भएपछि गत बिहीबार स्व रोकाको शव जिपको हुटमा बाकसभित्र राखेर घरमा पु¥याइएको थियो । एकै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि शोकमा डुबेको बेली गाउँबाट स्व धर्मलाल रोकाको मलामीमा पनि पुरुष अत्यन्त कम देखिन्थे । छोराको शव घरमा आएपछि शोकले विह्वल भएका स्व रोकाका बुबा धनबहादुर र आमा लिलमती रोकालाई सम्हाल्ने र सम्झाउने पुरुष पनि त्यहाँ थिएनन् । 

फाइल तश्विर

“गाउँमा करीव ४० घरपरिवारको बस्ती छ, सबै घरबाट पुरुष कि विदेश गएका छन्, कि आरा चिर्न, मिस्त्रीको काम गर्नका लागि गाउँबाहिर छन्”, २९ वर्षीया देवकली विकले भन्नुभयो, “यहाँ त मर्दा पर्दा मलामी जाने पनि महिला नै हो ।” जिल्लाका दुर्गम गाउँ मध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ । यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदुरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् । 

गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताउनुभयो । टेकी विक विगत ४ वर्षदेखि बेली गाउँको खोल्सामा पानी घट्ट चलाउँदै आउनुभएको छ । घट्ट चलाएर गाउँलेको अन्न कुटानी पिसानी गरेबापत पाएको अन्न र रुपैयाँले घरखर्च चलाउने गरेको उहाँ बताउनुहुन्छ । “श्रीमान् ज्यामी काम गर्नका लागि गाउँबाहिर जानुभएको छ, घरमा कहिलेकाहीँ मात्र आउनुहुन्छ”, चार छोराछोरीकी आमा विकले भन्नुभयो, “घरका सबै काम मैले नै गर्नुपर्छ ।” 

स्व रोकाको परिवारलाई सान्त्वना दिन बिहीबार बेली गाउँमा पुग्नुभएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले युवालाई आफ्नै गाउँ÷ठाउँमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला