Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

जाजरकोटमा आर्थिक गणना वैशाख १ देखि शुरु हुने

By kit

चैत १८, जाजरकोट | आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो ।

आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको छ । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १ देखि गणक फिल्डमा खटाइने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक बोहराले बताउनुभयो ।

कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्नेबाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्नेछ । यसमा व्यापारिक प्रतिष्ठानको परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, ऋणमा पहुँच कारोबारसम्बन्धी विवरण संकलन गरी आर्थिक तथ्यांक संकलन गरिने छ ।

आर्थिक गणनाअन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, वित्तीय तथा बीमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राइभेट लिमिटेड, उपभोक्ता समिति लगायतका क्षेत्रको विवरण संकलन गरिने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । रासस