२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा १४ वर्षपछि आफन्तको शव उत्खनन

१८ चैत्र २०७४, आईतवार ०६:४८

चैत १८, दैलेख | तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन् । 

नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना दिएर मृत्युपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो । 

ऐनबहादुरका छोरा गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्वन्द्वकै क्रममा विदेशिएका थिए । घर छाडेका तीन भाइमध्ये एक अहिले पनि सेनामा कार्यरत छन् । अन्य दुई जना विदेशबाट घर आएपछि पिताको शव उत्खननसँगै शनिबार शिरिस्थानमा औपचारिक दाहसंस्कार गरिएको छ । 

शव उत्खननमा पुगेका आफन्तलाई तत्कालीन घटना सुनाउँदै प्रत्यक्षदर्शी अमृता बिसीले भन्नुभयो, “घर नजिककौ घटना हो, त्यतिबेला निकै धेरै यातना दिइएको थियो, हात भाँच्ने, आँखा फुटाउनेसम्मका काम गरेर निकै क्रूर तरिकाले हत्या गरिएको थियो । त्यस्तो दिन कसैलाई नआओस् भन्दै हामी घरभित्र लुक्यौंँ ।” 

माओवादीकै आरोपमा बुबालाई तत्कालीन सेनाले हत्या गरेको, अहिलेसम्म माओवादी नेता घरमा भेट्नसम्म नपुगेको र बुबाको मृत्युपछि घरपरिवारको अवस्था झनै नाजुक बनेको मृतक ऐनबहादुरका माहिला छोरा बृखबहादुरले गुनासो गर्नुभयो । 

दैलेख द्वन्द्वका बेला जिल्लामा २७० मानिस राज्यपक्षबाट मारिएको माओवादी नेताले जिकिर गरेका छन् । माओवादी पक्षबाट भने सोही हाराहारीमा मारिएको अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य