२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा आगलागीमा परि १५ घर नष्ट

१८ चैत्र २०७४, आईतवार १०:२६

चैत १८, इटहरी। सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ । 

भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्रारम्भ भएको आगलागीमा परी बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो । 

अपराह्न साढे १२ बजेतिर भएको आगलागीमा परेर सो बस्तीको सम्पूर्ण घर ध्वस्त हुँदा ती सबैको अन्नपात, सुनचाँदीका गरगहना तथा अन्य महत्वपूर्ण सामग्रीसँगै भाँडावर्तन, लत्ताकपडालगायत सबै जलेर नष्ट भएका कारण बस्तीका मानिसका लागि आपत्कालीन सहयोग आवश्यक भएको प्रहरीले जनाएको छ । 

आगो विहार र सुनसरीको इनरुवा र इटहरीलगायत क्षेत्रबाट पुगेको वारुणयन्त्र स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीको सक्रियतामा नियन्त्रण गर्ने प्रयास भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य