१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृत कप शुरू, पर्वतको विजयी सुरुआत

२२ माघ २०७२, शुक्रबार ०८:५०

parbatमाघ २२, पर्वत । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को भलिबल खेल शुरू भएको छ । बिहीबार शुरू भएको उद्घाटन खेलमा पर्वत विजयी भएको छ ।

बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतियोगिताको उद्घाटन पर्वत माननीय सांसद अर्जुन प्रसाद जोशीले गरेका थिए ।

प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न १० जिल्लाले सभागिता जनाएका छन । ‘हिमाल, पहाड र तराईका १० जिल्लालाई समेट्ने गरी टिमको उल्लासमय सहभागिताले प्रतियोगिता आयोजनाका लागि थप उर्जा थपिएको छ ।’ खेलकूद समितिका संयोजक अरुण श्रेष्ठले भने। काठमाडौं उपत्यका बाहिर उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता आयोजना भएको पनि उनले जानकारी गराए । उनले आफ्नो एकल प्रयासमै प्रतियोगिताका लागि करिव ७ लाख रुपैया सामाजिक सञ्जाल फेसबुक अभियानबाट संकलन गरेको पनि जानकारी गराए ।
माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो पुरस्कार प्रायोजन प्रतियोगिताको व्यवस्थापक तथा पुर्व राष्ट्रिय खेलाडी अरुण श्रेष्ठका तीन भाईले गरेका हुन् । यस्तै विधागत उत्कृष्ट हुनेले पनि जनही तीन–तीन हजार रुपैया प्राप्त गर्नेछन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा शुक्रबार ६ खेल हुदैछन । पहिलो खेलमा स्याङ्जा र तनहु, दोस्रो खेलमा कास्की र मुस्ताङ, तेस्रो खेलमा स्याङ्जा र बाग्लुङ, चौथो खेलमा नवलपरासी र म्याग्दी, पाँचौ खेलमा गुल्मी र रुपन्देही तथा अन्तिम खेलमा कास्की र पर्वत भीड्दै छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का