२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृत कप शुरू, पर्वतको विजयी सुरुआत

२०७२, २२ माघ शुक्रबार ०८:५०

parbatमाघ २२, पर्वत । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को भलिबल खेल शुरू भएको छ । बिहीबार शुरू भएको उद्घाटन खेलमा पर्वत विजयी भएको छ ।

बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतियोगिताको उद्घाटन पर्वत माननीय सांसद अर्जुन प्रसाद जोशीले गरेका थिए ।

प्रतियोगितामा पश्चिमाञ्चलका विभिन्न १० जिल्लाले सभागिता जनाएका छन । ‘हिमाल, पहाड र तराईका १० जिल्लालाई समेट्ने गरी टिमको उल्लासमय सहभागिताले प्रतियोगिता आयोजनाका लागि थप उर्जा थपिएको छ ।’ खेलकूद समितिका संयोजक अरुण श्रेष्ठले भने। काठमाडौं उपत्यका बाहिर उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता आयोजना भएको पनि उनले जानकारी गराए । उनले आफ्नो एकल प्रयासमै प्रतियोगिताका लागि करिव ७ लाख रुपैया सामाजिक सञ्जाल फेसबुक अभियानबाट संकलन गरेको पनि जानकारी गराए ।
माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो पुरस्कार प्रायोजन प्रतियोगिताको व्यवस्थापक तथा पुर्व राष्ट्रिय खेलाडी अरुण श्रेष्ठका तीन भाईले गरेका हुन् । यस्तै विधागत उत्कृष्ट हुनेले पनि जनही तीन–तीन हजार रुपैया प्राप्त गर्नेछन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा शुक्रबार ६ खेल हुदैछन । पहिलो खेलमा स्याङ्जा र तनहु, दोस्रो खेलमा कास्की र मुस्ताङ, तेस्रो खेलमा स्याङ्जा र बाग्लुङ, चौथो खेलमा नवलपरासी र म्याग्दी, पाँचौ खेलमा गुल्मी र रुपन्देही तथा अन्तिम खेलमा कास्की र पर्वत भीड्दै छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध