२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की समाज स्पेनले नयाँ बर्षको कार्यक्रम गर्दै

२०७४, १९ चैत्र सोमबार ०४:३६


चैत्र १९ ,पोखरा |कास्की समाज स्पेनले नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी अप्रिल १६ तारिख सोमबार समाजले स्पेनबासी नेपाली समुदाय माँझ बार्सिलोनामा कार्यक्रम आयोजना गर्न लागेको  हो ।पहिलो अधिबेशनबाट निर्बा्चित नयाँ कार्यसमितिले सो अबसरमा नेपाली भित्तेपात्रो बिमोचन गर्ने भएको छ । समाजका अध्यक्ष तथा कार्यक्रम तयारी समितिका संयोजक केदारनाथ ढुंगानाले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।उनले भने,” नयाँ बर्षको भित्तेपात्रो स्पेनबासि नेपालीहरुको घरघरमा पुगोस् भन्ने चाहाना छ,संस्थागत,व्यक्तिगत तथा ब्यबसायिक बिज्ञापन दिएर सहयोग गर्नु भएको छ यसका लागि हामी आभारी छौ।”


भित्तेपात्रोको लागि झन्डै ३० बटा संस्थागत तथा व्यक्तिगत शुभकामना बिज्ञापन तथा  १८ बटा ब्यबसायिक बिज्ञापन समाबेश गरिएको समाजले जनाएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको कार्यालयमा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरी सहभागी हुने भएका छन्।स्पेन स्थित संघ संस्थाका प्रतिनिधि लगायत स्पेन स्थित नेपाली दूताबास का प्रतिनिधहरु उपस्थित हुने समाजले जानाकारी दिएको छ । 

स्पेन बाट गोबिन्द तिमिल्सीनाको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित