२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बन्यो संस्कृति जोगाउन मगर संग्रहालय

२०७४, १९ चैत्र सोमबार ०६:४७

चैत १९, रोल्पा | मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापना गरेका हुन् । 


घना मगर बस्ती रहेको रोल्पामा कला, संस्कृति, रहन, सहन र वेशभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागिसमेत संग्रहालय स्थापना गरिएको मगर संग्रहालयका अध्यक्ष भीमबहादुर बुढाले बताउनुभयो । 

मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राखिएको सो संग्रहालय अवलोकन गर्नेको संख्यासमेत उल्लेख्य रहेको छ । मगर समुदायले उत्पादन गरेका सामान खरिद तथा बिक्रीको सेवासमेत दिँदै आएको संग्रहालयले आगामी दिनमा सेवा अझै व्यवस्थित बनाउने योजना बनाएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । 


पर्यटन प्रवद्र्धनका लागिसमेत यस्ता संग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्ने मगर अगुवाले बताएका छन् । पछिल्लो जनगणनाअनुसार रोल्पामा करीब ४४ प्रतिशत मगरको जनसंख्या छ । आफ्नै भाषा, संस्कृति, वेशभूषा र संस्कार संस्कृति भएका मगरको मौलिकता जोगाइराखे जिल्लाको पर्यटन विकासमा समेत टेवा पुग्ने पर्यटनका जानकार बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित