१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुनको तेस्रो साता बृहत महिला महोत्सव हुने

२४ माघ २०७२, आईतवार १०:४२

माघ २४, पर्वत । फागुनको तेस्रो सातामा आठौ बृहत महिला महोत्सव हुने भएको छ । फागुन २३ देखि २६ गतेसम्म आठौ महिला महोत्सव तथा रेडियो दिदिबहिनीको छैठौ बार्षिक उत्सब हुने आइतबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गर्दै सासद एवं रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाइले जानकारी दिइन् ।

महोत्सवको उत्घाटनको लागि राष्ट्रपतिलाई पत्रचार गरिएको समेत उनले जानकारी दिइन् । महोत्सवको अबसरमा विभिन्न कार्यक्रम समेत हुने भएका छन् । जसअन्तरगत रत्यौलि प्रतियोगिता, विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह, संस्थाहरु विचको झाँकी र ¥याली प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, शैक्षिक समाग्री, नौमती बाजाको प्रस्तु्ती, विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य शिविर, विशिष्ट व्यक्तित्व तथा सफल उद्यमीहरुलाई सम्मान तथा कृषिजन्य उत्पादनको प्रदर्शनी फलफुल, तरकारीm मह, च्याउ, कफी, लप्सी, अदुवाका सार्थ खसी बोका बाख्रा प्रर्दशनी हुने पत्रकार सम्मेलनमा सासद चपागाइले जानकारी दिइन् ।

रेडियो दिदीबहिनीले आयोजना गरेको कार्यक्रम अन्तरगत रत्यौली प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, भजन प्रतियोगितामा १० हजार, ७ हजार र ५ हजार पुरुस्कार पाउने आयोजकले बताएको छ । त्यसैगरी विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धिति र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार, ¥याली तथा विभिन्न झाँकी प्रदर्शनीमा उत्कृष्ट हुनेले क्रमश ८ हजार, ५ हजार र ३ हजार पाउनेछ भने बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेले ५ हजार, ३ हजार र २ हजार पाउनेछन् ।

अन्य कार्यक्रममा उत्कृष्ठ हुनेलाई आकर्षक पुरुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विगतका बर्षहरुमा पनि रेडियो दिदीबहिनीले आफ्नो बार्षिकउत्सवको अबसरमा पश्चिमाञ्चल महिला महोत्सवको आयोजना गर्दै आइरहेको थियो । जिल्लामा रहेको रेडियो दिदीबहिनी महिलाद्वारा संचालित एक मात्र सामुदायिक रेडियो हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का