२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको महिला सञ्जालद्वारा महिलामाथि हुने हिंसा बन्द गरिनुपर्ने माग

१९ चैत्र २०७४, सोमबार ०९:३६

चिसाङ शेर्पा चैत्र १९, खोटाङ | महिलामाथि हुने अत्याचार, यौन दुव्र्यहार, हत्या, हिंसा अन्त्य गरिनुपर्ने अन्तर पार्टी महिला सञ्जाल खोटाङले जनाएको छ । २१आंै शताब्दीमा पनि बोक्सीको नाममा महिला माथि क्रूर यातना दिने काम भईरहेको हुनाले त्यस्ता गतिविधिलाई तत्काल निुर्मुलन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ध्यानाकर्षण पत्र मार्फत जोडदार माग गरेका छन् । 

देश व्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घट्नाहरु बढ्दै गएको भन्दै अन्तर पार्टी महिला सञ्जाल जिल्ला कार्य समिति खोटाङले आईतबार प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी र डिएसपी लोकदर्शन थापामार्फत गृहमन्त्री समक्ष पुग्नेगरी ध्यानाकर्षण पत्र बुझाउदै दोषीलाई चाडोभन्दा चाडो कानुनी कठ्घरामा ल्याउन माग गरेका हुन् ।

बोक्सी जस्तो कपोकल्पित, अवैज्ञानिक र निराधार आरोपमा गत फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिका–५ का २० बर्षिय राधा चौधरीलाई सिंगो समाजको सामू घन्टौ चरम यातना दिएर मरणासन्न अवस्थामा पु¥याईएको, पर्सा पटेर्वा सुनौली नगरपालिका–५ की ८ वर्षिय बालिका सामूहिक बलत्कार शिकार भएकी र धुनषाका १९ वर्षिय स्नेहा यादबलाई आफ्नै बाबु दिलिप कुमार यादबले यातना दिई हत्या गरिएकोजस्ता जघन्य अपराधको गंभीरतापूर्वक छानविन गरी सत्यतथ्य पत्ता लगाई अपराधीलाई कडा सजाय दिन र पुनः त्यस्ता घट्ना दोहोरिन नदिन गृहमन्त्री सामू पुग्नेगरी प्रत्येक जिल्लाका सुरक्षा निकाय प्रमुख मार्फत देशब्यापी रुपमा भएको घट्नाको ध्यानाकर्षण पत्र बुझाईएको सञ्जालकी अध्यक्ष दुर्गाजयन्ती राईले बताईन् ।

खोटाङमा लामो समय बित्दा समेत तीन महिलाको हत्यामा संलग्न दोषीको अझै पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो ।

दोषीको पहिचानका लागि अनुसन्धान जारी रहेको भए पनि दोषी पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो