२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको महिला सञ्जालद्वारा महिलामाथि हुने हिंसा बन्द गरिनुपर्ने माग

२०७४, १९ चैत्र सोमबार ०९:३६

चिसाङ शेर्पा चैत्र १९, खोटाङ | महिलामाथि हुने अत्याचार, यौन दुव्र्यहार, हत्या, हिंसा अन्त्य गरिनुपर्ने अन्तर पार्टी महिला सञ्जाल खोटाङले जनाएको छ । २१आंै शताब्दीमा पनि बोक्सीको नाममा महिला माथि क्रूर यातना दिने काम भईरहेको हुनाले त्यस्ता गतिविधिलाई तत्काल निुर्मुलन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ध्यानाकर्षण पत्र मार्फत जोडदार माग गरेका छन् । 

देश व्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घट्नाहरु बढ्दै गएको भन्दै अन्तर पार्टी महिला सञ्जाल जिल्ला कार्य समिति खोटाङले आईतबार प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी र डिएसपी लोकदर्शन थापामार्फत गृहमन्त्री समक्ष पुग्नेगरी ध्यानाकर्षण पत्र बुझाउदै दोषीलाई चाडोभन्दा चाडो कानुनी कठ्घरामा ल्याउन माग गरेका हुन् ।

बोक्सी जस्तो कपोकल्पित, अवैज्ञानिक र निराधार आरोपमा गत फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिका–५ का २० बर्षिय राधा चौधरीलाई सिंगो समाजको सामू घन्टौ चरम यातना दिएर मरणासन्न अवस्थामा पु¥याईएको, पर्सा पटेर्वा सुनौली नगरपालिका–५ की ८ वर्षिय बालिका सामूहिक बलत्कार शिकार भएकी र धुनषाका १९ वर्षिय स्नेहा यादबलाई आफ्नै बाबु दिलिप कुमार यादबले यातना दिई हत्या गरिएकोजस्ता जघन्य अपराधको गंभीरतापूर्वक छानविन गरी सत्यतथ्य पत्ता लगाई अपराधीलाई कडा सजाय दिन र पुनः त्यस्ता घट्ना दोहोरिन नदिन गृहमन्त्री सामू पुग्नेगरी प्रत्येक जिल्लाका सुरक्षा निकाय प्रमुख मार्फत देशब्यापी रुपमा भएको घट्नाको ध्यानाकर्षण पत्र बुझाईएको सञ्जालकी अध्यक्ष दुर्गाजयन्ती राईले बताईन् ।

खोटाङमा लामो समय बित्दा समेत तीन महिलाको हत्यामा संलग्न दोषीको अझै पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो ।

दोषीको पहिचानका लागि अनुसन्धान जारी रहेको भए पनि दोषी पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित