२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

थुनामा रहेका नुवाकोटका दुईजना बन्दी निर्दोष ठहर

१९ चैत्र २०७४, सोमबार ११:३०

चैत १९, नुवाकोट | फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् । 

पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेकका भीमबहादुर तामाङ र वडा नं ५ भदु्रटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा उहाँहरु दुवैजना आज थुनामुक्त हुनुभएको छ । 

चेलबेटी बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले २०४२ सालमा १० वर्ष कैद सजाय सुनाएकाले सोही मुद्दामा दोषीको नाम मिलेको भन्दै भीमबहादुरलाई नुवाकोट प्रहरीले गत माघ १० गते पक्राउ गरेको थियो । उहाँको ठेगाना साविक थप्रेक–२ भए पनि दोषी ठहर भएका व्यक्ति थप्रेक–१का रहेको प्रहरीको मिसिलमा उल्लेख थियो । 

भीमबहादुरका छोरा कमलबहादुरले बुबालाई पक्राउ गरेपछि आफूहरुको अध्ययनसमेत प्रभावित भएको र पारिवारिक पीडा, मानसिक तनाव र बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गर्दा आर्थिक नोक्सान भए पनि न्याय पाउँदा खुशी लागेको बताउनुभयो । 

यस्तै, २०१५ सालमा चोरी मुद्दामा दोषी ठहर भएको भन्दै २०१८ सालमा जन्मनुभएका सानुवीरे तामाङलाई प्रहरीले गत फागुन ९ गते पक्राउ गरी अदालतमा बुझाएको थियो । प्रहरीले बुझाएलगत्तै दुवैजनालाई ‘दोषी ठहर भएका व्यक्ति’ भएको जिकिर गर्दै अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले कैदीपूर्जी थमाएर कारागार चलान गर्नुभएको थियो । 

सर्वोच्चबाट निर्दोष ठहर भएका नौले भनिने सानुवीरे तामाङका छोरा प्रेमबहादुरले आफ्नो बुबाले अपराध नगरेको प्रमाण पेश गर्दागर्दै जिल्ला प्रहरी र अदालतबाट पीडित बनाए पनि अहिलेको सर्र्वाेच्चको आदेशमा न्याय मिलेको बताउनुभयो । 

नुवाकोट प्रहरीले न्यायालयको फैसला कार्यान्वयनलाई पुस अन्तिम सातादेखि अभियानका रुपमा सञ्चालन गर्दै आएको छ । प्रहरीे कारवाहीमा निर्दोष व्यक्ति पक्राउ गरी कैदी पूर्जी दिएको भन्दै केही पीडितहरु बन्दी प्रत्यक्षीकरणमार्फत न्यायको पहलमा जुटेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य