२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

भर्ना शुक्ल १५० मात्र ! समता स्कूलमा बिधार्थी भर्ना गर्नेको संख्या बढ्दो

१९ चैत्र २०७४, सोमबार १५:३६

चिसाङ शेर्पा | चैत्र १९, खोटाङ | नयाँ शैक्षिकसत्रबाट दिक्तेलबजारमा सञ्चालन हुने समता स्कुलमा विधार्थी भर्ना गर्नेको चाप बढेको छ । सबै बिषयमा अंग्रेजी माध्यमबाट पढाई गरिने गरी नर्सरी, एलकेजी, युकेजी र एक कक्षासम्मलाई ३ सय जनाको भर्ना कार्यक्रम रहेपनि अभिभाबक आउने क्रम जारी रहेको छ ।

कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले समता फाउण्डेसनले आगामी शैक्षिक सत्रबाट सुरुवात गर्नेे समतामा बालबालिका भर्नाका लागि अभिभावकको उत्साह देखिएको हो । ३ वर्षका बालबालिका नर्सरी, ४ वर्षदेखी ५ वर्षका बालबालिकालाई एलकेजी, युकेजी र एक कक्षाका लागि भर्ना कार्यक्रम भईरहेको छ । तीनसय जना क्षमताको पुर्बाधारमा विधार्थी संख्या उल्लेखनिय रुपमा बढीरहेको छ । बालबालिकाको संख्या बढेपनि बैशाख ५ गते ईन्ट्रान्स परिक्षा गराएर ३ सय मात्रै छानिने छ ।  

स्थानीय निकायबाट स्वीकृती पाईसकेको स्कुल सञ्चालनको लागि धमाधम पूर्वाधार तयार भईरहेको छ । दिक्तेलको जिल्ला प्रहरी कार्यालय नजिक सञ्चालन हुने स्कुलमा मासिक सय रुपैयाँमा पढाउन सकिने छ । शुरुवातमा स्कुल भर्नाका लागि हजार रुपैयाँ लाग्ने समता स्कुल दिक्तेलका लेखाफाँट प्रमुख मञ्जु श्रेष्ठले बताईन् । 

बैशाख महिनाको लागि मासिक फि एकसय, फर्म भर्ना एकसय, भर्ना फि १ सय ५०,  बिधार्थी परिचयपत्र, फि कार्ड, क्यालेण्डर, डायरी र फायलका लागि ६ सय ५० लाग्नेछ । उहाँले भन्नुभयो,“जेठदेखी मासिक सय रुपैयाँमा पढाउन सकिन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो