2026-09-15 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

गोकुलेश्वर अस्पतालमा डाक्टर नहुँदा शव परीक्षण गर्न समस्या

चैत २०, दार्चुला | गोकुलेश्वर अस्पतालमा रहेका दुबैजना चिकित्सक जिल्ला बाहिर भएपछि शव परीक्षण गर्न समस्या भएको छ । 

मार्मा गाउँपालिका–१ मा मृत भेटिएका मजदूर २५ वर्षीय रमेश सोनाहको शव परीक्षण गर्न गोकुलेश्वर अस्पताल ल्याइए पनि परीक्षण हुन नसकेको हो । 

मार्मा गाउँपालिकाबाट गोकुलेश्वर अस्पताल नजिक भएका कारण शव गोकुलेश्वर लगिएको थियो । मजदूरी गर्न मार्मा गाउँपालिका पुगेका सोनाह झुण्डिएको अवस्थामा फेला परेका थिए । 

गोकुलेश्वर अस्पतालमा रहेका प्रमुख डा सरिता जोशीले परीक्षाका लागि चैत पहिलो साता अस्पताल छोड्नुभएको हो । यस्तै, अर्का डाक्टर गोमा धामी सुरक्षित गर्भपतनसम्बन्धी क्षेत्रीय तालीमको लागि धनगढीमा हुनुहुन्छ । गत चैत ११ गते जानुभएकी धामीको तालीम चैत २२ गते मात्रै सकिँदैछ । 

दुवै जना डाक्टर नभएपछि अहिले शव परीक्षण मात्र हैन सामान्य बिरामीको चेकजाँचमा समेत समस्या भएको छ । गोकुलेश्वरमा लगिएको शवलाई जिल्ला अस्पताल ल्याएर सोमबार परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । 

जिल्ला अस्पताल दार्चुलामा एकजना मात्रै डाक्टर छन् । त्यहाँ एमजिडी डाक्टर दीपेश मंगल जोशीले शव परीक्षण गर्नुभएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ