२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा कर्मचारीकै मिलेमतोमा रुख कटान

२० चैत्र २०७४, मंगलवार ०७:२४

चैत २० बर्दिया | मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया ९८५ क्यूफुट छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन् । 

उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र चौधरी, माहादेव थारु र नवलकिशोर साहले मानझुण्डी सामुदायिक वनका अध्यक्ष शेरबहादुर रावलको मिलेमतोमा गत शनिबार छपान नगरिएको काठ पनि काटिएको आरोप उपभोक्ताले लगाएका हुन् 

यस विषयमा वन कर्मचारी चौधरीसँग प्रश्न गर्दा उहाँले कारवाहीकै लागि ती काठ मानझुण्डी सामुदायिक वनको भवनमा राखिएकोे बताउनुभयो भने उक्त समितिका अध्यक्ष शेरबहादुर रावलले एक हजार ५८७ क्यूफुट काठ कटान गर्दा अपुग भएका कारण उपभोक्तालाई वितरणका लागि छपान नगरेका रुख पनि काटेको स्वीकार गर्नुभयो । 

यसरी कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा उक्त सामुदायिक वनमा पहिले पनि पटक पटक रुख कटान गरी काठ तस्करी गर्ने गरेको उपभोक्ताले आरोप लगाउँदै आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान