2026-09-14 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा कर्मचारीकै मिलेमतोमा रुख कटान

चैत २० बर्दिया | मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया ९८५ क्यूफुट छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन् । 

उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र चौधरी, माहादेव थारु र नवलकिशोर साहले मानझुण्डी सामुदायिक वनका अध्यक्ष शेरबहादुर रावलको मिलेमतोमा गत शनिबार छपान नगरिएको काठ पनि काटिएको आरोप उपभोक्ताले लगाएका हुन् 

यस विषयमा वन कर्मचारी चौधरीसँग प्रश्न गर्दा उहाँले कारवाहीकै लागि ती काठ मानझुण्डी सामुदायिक वनको भवनमा राखिएकोे बताउनुभयो भने उक्त समितिका अध्यक्ष शेरबहादुर रावलले एक हजार ५८७ क्यूफुट काठ कटान गर्दा अपुग भएका कारण उपभोक्तालाई वितरणका लागि छपान नगरेका रुख पनि काटेको स्वीकार गर्नुभयो । 

यसरी कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा उक्त सामुदायिक वनमा पहिले पनि पटक पटक रुख कटान गरी काठ तस्करी गर्ने गरेको उपभोक्ताले आरोप लगाउँदै आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ