२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पिच गरेको ३ बर्ष नपुग्दै उप्कियो बझाङको सडक,सरोकारवाला मौन

२० चैत्र २०७४, मंगलवार ०७:३४

सम्राट सिंह/चैत्र २०, बझाङ | सूदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बागथला देखि चैनपुरसम्म निर्माण गरिएको वटासिल पिच ३ बर्ष नपुग्दै उप्किएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा निर्माण गरिएको यस सडकको अवस्था ३ बर्ष नपुग्दै वटासिल उप्किएपछि सडक काम नलाग्ने भएको हो ।


सडक निर्माणको जिम्मा बागथला देखी झोतासम्म लुम्बीनी र लोहनी निमार्ण सेवा, झोता देखि तमैलसम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी र तमैल देखी भोपुर सम्म लामा र गोल्डेन गुड निमार्ण कम्पनीले लिएका थिए ।

जयपृथ्वी बहादुर सिंह मार्गको योजना कार्यालयले वटासिल गर्ने काम सम्पन्न गरी गत जेठको अन्त्यतिर मात्र सडक विभागलाई हस्तान्तरण गरेको  यो सडकको निर्माण कार्य नसकिदै उप्किन थालिसकेको थियो । राज्यको ठूलो लगानीमा निर्माण गरिएको यस सडकको रायलको देउरा, नारुगाड,कचालीखोला, मटेलाको बगडगांउ, तमेलको जालेबगर, जयपृथ्वी नगरपालिकाको सुवेडा लगायतका ठांउमा सामान्य पानी पर्दा पनि पहिरो आउने र सडक भासिन थाले पछि यात्रुहरुले सास्ती भोग्नु परेको छ ।

तिन वर्ष अघि देखि सुरु गरीएको बागथला देखी चैनपुर सम्मको ५० किलोमिटर सडकको प्राय जसो पिच उप्की सकेको छ । वटासिल प्रविधिमा आधारित यस सडकको  कालोपत्रे गर्ने काम गुणस्तरहिन भएका कारण छिटो विग्रिएको जयपृथ्वी नगरपालिका ७ घर भएका राजेन्द्र जोशीले बताए । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण सडकको अवस्था बेहाल भएको उनको भनाइ छ ।’

‘सांसद, नेता देखी यहांका सरोकारवालाहरु यहि बाटोमा ओहोर दोहोर गर्छन । प्रत्येक वर्ष सडकका कारण समस्या उत्पन्न हुने गरेको भए पनि सडक सुधारको लागी कसैले ध्यान नगएको स्थानिय जलबिरे कठायत बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै