Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पिच गरेको ३ बर्ष नपुग्दै उप्कियो बझाङको सडक,सरोकारवाला मौन

By kit

सम्राट सिंह/चैत्र २०, बझाङ | सूदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बागथला देखि चैनपुरसम्म निर्माण गरिएको वटासिल पिच ३ बर्ष नपुग्दै उप्किएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा निर्माण गरिएको यस सडकको अवस्था ३ बर्ष नपुग्दै वटासिल उप्किएपछि सडक काम नलाग्ने भएको हो ।

सडक निर्माणको जिम्मा बागथला देखी झोतासम्म लुम्बीनी र लोहनी निमार्ण सेवा, झोता देखि तमैलसम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी र तमैल देखी भोपुर सम्म लामा र गोल्डेन गुड निमार्ण कम्पनीले लिएका थिए ।

जयपृथ्वी बहादुर सिंह मार्गको योजना कार्यालयले वटासिल गर्ने काम सम्पन्न गरी गत जेठको अन्त्यतिर मात्र सडक विभागलाई हस्तान्तरण गरेको  यो सडकको निर्माण कार्य नसकिदै उप्किन थालिसकेको थियो । राज्यको ठूलो लगानीमा निर्माण गरिएको यस सडकको रायलको देउरा, नारुगाड,कचालीखोला, मटेलाको बगडगांउ, तमेलको जालेबगर, जयपृथ्वी नगरपालिकाको सुवेडा लगायतका ठांउमा सामान्य पानी पर्दा पनि पहिरो आउने र सडक भासिन थाले पछि यात्रुहरुले सास्ती भोग्नु परेको छ ।

तिन वर्ष अघि देखि सुरु गरीएको बागथला देखी चैनपुर सम्मको ५० किलोमिटर सडकको प्राय जसो पिच उप्की सकेको छ । वटासिल प्रविधिमा आधारित यस सडकको  कालोपत्रे गर्ने काम गुणस्तरहिन भएका कारण छिटो विग्रिएको जयपृथ्वी नगरपालिका ७ घर भएका राजेन्द्र जोशीले बताए । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण सडकको अवस्था बेहाल भएको उनको भनाइ छ ।’

‘सांसद, नेता देखी यहांका सरोकारवालाहरु यहि बाटोमा ओहोर दोहोर गर्छन । प्रत्येक वर्ष सडकका कारण समस्या उत्पन्न हुने गरेको भए पनि सडक सुधारको लागी कसैले ध्यान नगएको स्थानिय जलबिरे कठायत बताए ।