२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको बेलकोटगढीमा बम फेला, सेनाद्वारा निष्क्रिय

२० चैत्र २०७४, मंगलवार १०:२३

चैत २०, नुवाकोट | त्रिशूली–ककनी–बालाजु सडकखण्डअन्तर्गत पासाङ ल्हामु मार्गस्थित बेलकोटगढी नगरपालिका–११ अमारेमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले आज अपराह्न निष्क्रिय बनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आज आह्वान गरेको नुवाकोट बन्दलाई लक्ष्य गरी बिहान राखेको बमलाई श्रीनाथ गण देवीघाटबाट गएको सेनाको टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नुवाकोट बन्द आह्वान गरेको जनाएको छ । पार्टी समर्थित जनपरिषद् नुवाकोटका अध्यक्ष विन्तोष सिलवाल ‘अशोक’लाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा जिल्ला बन्द गर्नुपरेको नेकपा जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । 

बन्दका कारण जिल्लामा सञ्चालन हुने यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना तथा बजार क्षेत्र प्रभावित बनेको छ । 

पक्राउ परेका अशोकलाई गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य