२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा कैदीवन्दिका छोराछोरीलाई शैक्षिक सामग्री वितरण

२० चैत्र २०७४, मंगलवार १०:३८

चिसाङ शेर्पा/चैत्र २० खोटाङ | ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खोटाङमा कैदीबन्दिका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी’ भन्ने मुल नाराका साथमा जिल्लाका तीन सहकारी संस्थाको संयुक्त आयोजनामा खोटाङ कारागारमा वन्दि जीवन बिताईरहेका आमाबुवाका छोराछोरीलाई झोला, ट्रयाकसुट, कापी, पेन्सिल र शिक्षिकाद्धयलाई नगद वितरण गरिएको हो ।


दिक्तेल वचत तथा ऋण सहकारी, लालुपाते बहुउद्देश्य सहकारी र सक्रिय वचत तथा ऋण सहकारी संस्थाले गत बैशाखदेखी सञ्चलान गरेको अक्षयकोषको व्याजबाट आएको पैसाले बराहपोखरी गाउँपालिका–६ मौवावोटेकी प्रमिला राईको ५ वर्षिय छोरा मौसम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा धिवाकी परिमाया राईको ४ वर्षिय छोरा रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माकी रुपा बिकको डेढ बर्षकी छोरी उर्मिला बिकलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको सक्रिय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

१ लाख राशीको अक्षयकोषबाट आएको ब्याजले तीन बालबालिकालाई अध्ययन गराउने दुईजना शिक्षिकालाई मासिक बाह्रसय रुपैयाँले तलब दिंदै आएको तीन सहकारीले मंगलबार एक कार्यक्रमको आयोजना गरी कारागारमा शिक्षिकाद्धय बिमला सुवेदी र तस्विरा राईलाई जनही बाह्रसय रुपैयाँका दरले वोनस रकम वितरण गरेको थियो । सुवेदी र राई कर्तब्य ज्यान मुद्दामा दशबर्षे कैद भुक्तान गरिरहेका छन् । 

बुईपाकी परिमायार, मौवाबोटेकी प्रमिला ज्यान मुद्दाकै दशवर्षे कैदी जिवन विताईरहेको निमित्त साहयक अधिकृत जेलर चित्राखर आचार्यले बताए । टेम्माकी रुपा भने ज्यान मुद्दामा पुर्पक्षमा थुनामा रहेको हो ।

जिल्ला कारागारमा पुरुष कैदी ६६, महिला कैदी ७, वन्दि पुरुष १५, वन्दि महिला ३ र आश्रित वालक ३ सहित ९४ जना कैदी वन्दि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो