२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा कैदीवन्दिका छोराछोरीलाई शैक्षिक सामग्री वितरण

२०७४, २० चैत्र मंगलवार १०:३८

चिसाङ शेर्पा/चैत्र २० खोटाङ | ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खोटाङमा कैदीबन्दिका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी’ भन्ने मुल नाराका साथमा जिल्लाका तीन सहकारी संस्थाको संयुक्त आयोजनामा खोटाङ कारागारमा वन्दि जीवन बिताईरहेका आमाबुवाका छोराछोरीलाई झोला, ट्रयाकसुट, कापी, पेन्सिल र शिक्षिकाद्धयलाई नगद वितरण गरिएको हो ।


दिक्तेल वचत तथा ऋण सहकारी, लालुपाते बहुउद्देश्य सहकारी र सक्रिय वचत तथा ऋण सहकारी संस्थाले गत बैशाखदेखी सञ्चलान गरेको अक्षयकोषको व्याजबाट आएको पैसाले बराहपोखरी गाउँपालिका–६ मौवावोटेकी प्रमिला राईको ५ वर्षिय छोरा मौसम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा धिवाकी परिमाया राईको ४ वर्षिय छोरा रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माकी रुपा बिकको डेढ बर्षकी छोरी उर्मिला बिकलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको सक्रिय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

१ लाख राशीको अक्षयकोषबाट आएको ब्याजले तीन बालबालिकालाई अध्ययन गराउने दुईजना शिक्षिकालाई मासिक बाह्रसय रुपैयाँले तलब दिंदै आएको तीन सहकारीले मंगलबार एक कार्यक्रमको आयोजना गरी कारागारमा शिक्षिकाद्धय बिमला सुवेदी र तस्विरा राईलाई जनही बाह्रसय रुपैयाँका दरले वोनस रकम वितरण गरेको थियो । सुवेदी र राई कर्तब्य ज्यान मुद्दामा दशबर्षे कैद भुक्तान गरिरहेका छन् । 

बुईपाकी परिमायार, मौवाबोटेकी प्रमिला ज्यान मुद्दाकै दशवर्षे कैदी जिवन विताईरहेको निमित्त साहयक अधिकृत जेलर चित्राखर आचार्यले बताए । टेम्माकी रुपा भने ज्यान मुद्दामा पुर्पक्षमा थुनामा रहेको हो ।

जिल्ला कारागारमा पुरुष कैदी ६६, महिला कैदी ७, वन्दि पुरुष १५, वन्दि महिला ३ र आश्रित वालक ३ सहित ९४ जना कैदी वन्दि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित