2026-09-07 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुम पूर्णसाक्षर जिल्ला घोषित

चैत २०, तेह्रथुम | प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । 

जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गरेको हो । 

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएका छन् । 

जिल्ला शिक्षा कार्यालयले करिब एक दशकयता निरन्तर सञ्चालन गरेको पूर्णसाक्षर बनाउने अभियानले अहिले सार्थकता पाएको छ । जिल्लालाई पूर्णसाक्षर बनाउने अभियान २०६७ सालदेखि निरन्तर जारी छ । 

अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत अहिले पनि साक्षरोत्तर कक्षा सञ्चालन भइरहेका छन् । सो कार्यक्रमले ६० वर्ष मुनिका सबै नागरिकलाई साक्षर बनाउने लक्ष्य लिएको छ । 

जिल्लामा आव २०६८/६९ देखि २०७१/७२ सम्म साक्षरता कक्षा सञ्चालन भएको थियो । २०६८ को जनगणना अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका १३ हजार १७१ महिलासहित १७ हजार २३१ निरक्षर थिए । त्यसमध्ये आर्थिक वर्ष २०६८/६९ मा १२ हजार ४१७ साक्षर भएका छन् । क्रमशः २०६९/७० मा एक हजार, २०७०/७१ मा ५००, २०७१/७२ मा दुई हजार ४५७ गरी १६ हजार ३७४ जना साक्षर भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा अब ८ सय ५७ जना मात्रै निरक्षर छन् । 

निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको साक्षरोत्तर कक्षामा चार हजार ९६९ सहभागी छन् । जिल्लामा २१ वटा सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा छन् । 

शैक्षिक सुधार प्रदेश सरकारको प्राथमिकता 

साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको क्षेत्रमा विश्वले फड्को मार्ने क्रममा साक्षरताको परिभाषा नै बदलिँदो अवस्थामा रहेको बताउनुभयो । 

उहाँले राज्यको ठूलो लगानी रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । 

मुख्यमन्त्री राईले शिक्षा क्षेत्रको सुधारका लागि तत्कालै कानून बनाएर काम थाल्ने विषयमा कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभयो । 

एक फरक प्रसंगमा मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनको क्रममा पुरानो मानसिकता, आनीबानी र केन्द्रीकृत सोचका कारण अन्योल सिर्जना भएको बताउनुभयो । 

उहाँले नयाँ संविधानले व्यवस्था गरेको संघीयताको नयाँ अभ्यास गर्ने क्रममा तीन वटै तहका सरकार बनिसके पनि राज्यका विभिन्न अंग र कर्मचारी प्रशासनमा छाएको पुरानो मानसिकता, व्यवहार र केन्द्रीकृत सोचले समस्या सिर्जना भएको धारणा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री राईले तमोर जलाशययुक्त आयोजना प्रदेशको मात्रै नभई राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै सो आयोजनालाई बहुउद्देश्यीय आयोजनाका रुपमा प्राथमिकतामा राखेर प्रदेश र संघीय सरकारले काम गर्ने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित