२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आङ खस्ने तीन दिने निशुल्क स्वास्थ्य शिविर डाडाँगाउँमा सञ्चालन हुने

२०७४, २१ चैत्र बुधबार ०२:३३

चिसाङ शेर्पा | चैत्र २१, खोटाङ | काठमाण्डौंमा दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पालिका वासीहरुको छलफल सकिएको छ । राजधानीमा विभिन्न पेशामा रहेर वसोवास गरीरहेका पालिका वासीहरुको मंगलबार सकिएको भेलाले गाउँपालिकाको वडा नं. दुई डाडाँगाउँ ओख्रेमा निशुल्क स्वास्थ्य शिविर राख्ने निर्णय पारित गरेको छ ।

छलफले आगामी बैशाख १३, १४ र १५ गते महिलाहरुको आङ खस्ने, नाक, कान, घाँटी, आखाँ लगायतका स्वास्थ्य समस्या सम्बन्धि तीनदिने निशुल्क स्वास्थ्य शिविर राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । गाउँपालिकाको राष्ट्रिय महासंघको अधिवेशनमा आएका बेला शिविर राख्ने निर्णय गरियो । उहाँले भन्नुभयो,“ शिविर मुलतः महिलाहरुका लागि लक्षित छ ।” 

उक्त छलफलबाटै डाडाँगाउँका गणेश थापाको संयोजकत्वमा राजधानीमा बसोवास गरिरहेका पालिकावासीको समन्वय समिति पनि गठन गरिएको छ । गठित समितिले राजधानीबाट स्वास्थ्य टोली पठाउने प्रबन्ध मिलाउने छन् । छलफलमा सांसद हिरा गुरुङ, पुर्वजिविस सभापती विष्णुकुमार राई, एमाले नेता अर्जुन रोका, नेपाली काग्रेस क्षेत्र नम्बर दुईका सभापती तीर्थराज भट्टराई, समाजसेवी जयकुमार राई लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा