आङ खस्ने तीन दिने निशुल्क स्वास्थ्य शिविर डाडाँगाउँमा सञ्चालन हुने

Posted on: 04 Apr, 2018

चिसाङ शेर्पा | चैत्र २१, खोटाङ | काठमाण्डौंमा दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पालिका वासीहरुको छलफल सकिएको छ । राजधानीमा विभिन्न पेशामा रहेर वसोवास गरीरहेका पालिका वासीहरुको मंगलबार सकिएको भेलाले गाउँपालिकाको वडा नं. दुई डाडाँगाउँ ओख्रेमा निशुल्क स्वास्थ्य शिविर राख्ने निर्णय पारित गरेको छ ।

छलफले आगामी बैशाख १३, १४ र १५ गते महिलाहरुको आङ खस्ने, नाक, कान, घाँटी, आखाँ लगायतका स्वास्थ्य समस्या सम्बन्धि तीनदिने निशुल्क स्वास्थ्य शिविर राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । गाउँपालिकाको राष्ट्रिय महासंघको अधिवेशनमा आएका बेला शिविर राख्ने निर्णय गरियो । उहाँले भन्नुभयो,“ शिविर मुलतः महिलाहरुका लागि लक्षित छ ।” 

उक्त छलफलबाटै डाडाँगाउँका गणेश थापाको संयोजकत्वमा राजधानीमा बसोवास गरिरहेका पालिकावासीको समन्वय समिति पनि गठन गरिएको छ । गठित समितिले राजधानीबाट स्वास्थ्य टोली पठाउने प्रबन्ध मिलाउने छन् । छलफलमा सांसद हिरा गुरुङ, पुर्वजिविस सभापती विष्णुकुमार राई, एमाले नेता अर्जुन रोका, नेपाली काग्रेस क्षेत्र नम्बर दुईका सभापती तीर्थराज भट्टराई, समाजसेवी जयकुमार राई लगायतको उपस्थिती रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!