Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा रहेको चमेरे गुफा ओझेलमा पर्दै

२०७४, २१ चैत्र बुधबार ०७:१०

नारायणी रजौरे/चैत २१, दाङ | दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । 

करीब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने सके बाह्रैमहिना तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ । 

चमेरी गुफासम्म पुग्नको लागि सामान्य मोटर बाटो पुगे तापनि प्रर्याप्त रुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।

तुलसीपुर बजारदेखि करीब १२ किलोमिटरको दुरीमा रहेको यस गुफाको प्रचारप्रसार र सम्बद्र्धन गर्ने सके पर्यटकीय स्थिलको रुपमा विकास गर्ने सकिने यहाँका जानकारहरुको भनाइ छ । 

प्राकृति रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नेसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास हुने निश्चित छ । हाल गुफामा दैनिकरुपमा ५० देखि ६० सम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेको गुफा संरक्ष्ण समितिले जनाएको छ । 

विभिन्न तीन तला रहेको उक्त गुफासम्म पुग्नको लागि जिल्ला विकाश समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन नसको स्थानीयवासीको भनाइ छ । 

गुफाभित्र विभिन्न देवी–देवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ । 

गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ । बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरी गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरी गुफा हुन गएको जानकार बताउँछन् । 

करीब २०५२ सालमा पता लागेको यस गुफा कसले र कसरी पत्ता लाग्यो भन्ने बारे सबै अनभिज्ञ रहेका छन् । जानकार भने भिरमा घाँस काटन जाँदा पत्ता लागेको बताउँछन् । 

गुफासम्म पुग्न बाटोमा सिँढी निर्माणको काम थालनी भए पनि बजेट अभावका कारण सो काम सम्पन्न हुन नसकेको बताएको छ । चमेरी गुफासम्म तत्कालीन तुलसीपुर नगरपालिका र जिविस दाङको 

सहयोगमा बिजुली पुगे पनि सो विद्युत्ले मात्र प्रर्याप्त नभएको बताएको छ । 

यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीयवासीले सरोकार निकायलाई यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सबैले सहयोग गर्नुपर्ने बताएका छन् । 

स्थानीय तथा चेमेरे गुफा संरक्षण समितिका संयोजक भूपबहादुर पुनले यसको विकाशका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गुफाको प्रचारप्रसार र विकास गर्ने सके पर्यटकीयक्षेत्रको रुपमा विकास हुने र यसले स्थानीय बासिमा आर्थिक विकासमा टेवा पुग्नेछ । गुफा संरक्षण समितिका अध्यक्ष पुनले अहिले मुख्य समस्या गुफासम्म पुग्नका लागि मूलबाटो, गुफाको उत्खनन र भौतिक पूर्वाधार निर्माण मुख्य रहेको बताउनुभयो ।” 

उहाँले हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि रु २० लिने गरको छ । त्यसबाट संकलित रकम एकजना कर्मचारीको पारिश्रमिक र गुफाको विकासमा लगाउँदै आएको छ । 

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले चमेरे गुफा संरक्षण र सवद्र्धन गर्नका लागि विशेष योजना ल्याउने तयारी गरेको जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले नगरपालिकाले बाटोका लागि रु ५० लाख रकम विनियोजन गरिसकेको जानकारी दिनुभयो । उहाँले सो रकमबाट गुफा पुग्नका लागि बाटो निर्माण गर्ने आफूहरुको योजना रहेको समेत बताउनुभयो । 

चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको र सोहीअनुरुप कामलाई अगाडि बढाउने समेत बताउनुभयो । त्यसैगरी गुफाको प्रचारप्रसार गर्नेका लागि आगामी वर्षमा मेला तथा महोत्सव लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ