2026-09-15 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

दुर्गम जिल्ला बाजुराबाट पढाउन भनि राजधानी ल्याइएका ५५ बालबालिका घरेलु श्रममा

प्रकाश सिलवाल/चैत २१, काठमाडौँ | दुर्गम जिल्ला बाजुराबाट ५५ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । 

गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो । 

समितिका कार्यकारी निर्देशक तारक धितालले त्यसरी प्रयोग हुन विवस बालबालिकालाई उद्धारको प्रक्रिया शुरु भएको बताउनुभयो । “को को कहाँ कहाँ छन् भनेर खोज्ने काम भइरहेको छ, त्यसरी प्रयोग गर्नेलाई कानूनी कारवाहीका लागि पहल गरिने छ,” उहाँले भन्नुभयो । 

उक्त चार महिनाको अवधिमा सबैभन्दा बढी फागुनमा ९६, पुसमा ३० र माघमा १४ जना बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ । बालश्रमको संख्यामा निकै वृद्धि भएकाले आफूहरुलाई चिन्तित बनाएको कार्यकारी निर्देशक धितालले बताउनुभयो । 

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । चौध वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपमा श्रमिकका रुपमा काममा लगाउन हुँदैन । अध्ययन अवधिमा बालश्रमसम्बन्धी १४० वटा घटना सञ्चारमाध्यममा प्रकाशनमा आएका थिए । 

चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा १३ वटा बालश्रमसम्बन्धी घटना भएका थिए । बालबालिकालाई श्रममा प्रयोग गरिएको प्रकृतिलाई हेर्दा घरेलु तथा होटलमा श्रमिकका रुपमा सबैभन्दा बढी ४३ प्रतिशत (६० जना) रहेका छन् भने इँट्टा उद्योगमा २६ प्रतिशत (३६ जना) र पढाइ खर्च जुटाउन ३१ प्रतिशत (४४ जना) बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । 

बालश्रममा परेकामध्ये जिल्ला बालकल्याण समिति बाँकेको समन्वयमा जिल्लाका इँटा उद्योगमा गरिएको अनुगमनबाट २० जना (१६ बालक, चार बालिका) बालबालिकालाई उद्धार गरिएको छ । पढाइ खर्च जुटाउने काममा लागेका बालबालिकाको विवरणलाई विश्लेषण गर्दा सल्यानमा बालुवा सङ्कलनमा २४ जना (१६ बालक र आठ बालिका), मकवानपुरमा आठजना बालबालिका राजमार्गमा लालीगुराँस बेच्दै, गोरखामा छजना बालबालिका भरियाका रुपमा रहेको पाइयो भने अन्य छजना खोटो सङ्कलन कार्यमा संलग्न भएको पाइएको थियो । । बालश्रमिकका रुपमा प्रयोग गरिएका बालबालिकामा बालक ५६ प्रतिशत (७९जना) र बालिका ४४ प्रतिशत (६१ जना) छन् । 

उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दा मुनिका ११ जना, ११ देखि १४ वर्षका ४४ जना र १५ देखि १८ वर्षका ८५ जना रहेका छन् । यस अवधि (मंसिरदेखि फागुन) मा १४० वटा बालश्रमका घटना प्रकाशमा आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ