2026-09-15 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुदूरपश्चिमकै नमुना कारागार बन्दै बझाङ कारागार

सम्राट सिंह/चैत्र २१, बझाङ | बझाङमा लामो समय देखि जिर्ण रहेको जिल्ला कारागार पुनः निर्माण भएपछि सुदूरपश्चिम कै नमुना कारगार बनेको छ । जस्ता पाताले निर्माण गरिएको बन्दी गृह तथा पर्खाल मर्मत्त हुन नसकेपछि जिर्ण बन्दै गएको बझाङ कारागार यस वर्ष भने ठुलो लगानीमा पुर्न निर्माण भएको हो ।

२०४० सालमा स्थापना भएको कारागारको संरचना पुरानो भएकोले नयाँ भवन निर्माण गरिएको हो । शहरी विकास डिभिजन कार्यालयले यस आर्थिक वर्ष बझाङ कारागारमा ब्यवस्थित  खालका २ वटा भवनहरुको निर्माण कार्य सम्पन्न गरेको छ ।

जिर्ण रहेको बझाङ कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले सजाय भोग्दै आएका थिए । बझाङ कारागार जिर्ण भएकै कारण विगतमा  कतिपय कैदी बन्दीहरु फरार हुन सफल भएका थिए । बन्दी गृहको अभावमा बझाङ कारागारले विगतमा कैदीहरुलाई अन्यन्त्र सरुवा गर्ने गरेको भएतापनि यस वर्ष भने भवन निर्माण हँुदा बन्दीहरुलाई राख्न सहज हुने कारागार शाखाले जनाएको छ । 

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा शहरी विकास डिभिजन कार्यालय वैतडीले उक्त कारागारको निर्माण कार्य गर्दै आएको छ । शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण कार्यको जिम्मा लिएको कारागार शाखाले जानकारी दिएको छ ।

आधुनिक तथा ब्यवस्थित बन्दी गृह निर्माण भएपछि कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत(जेलर) राजेन्द्र बोहराले बताए ।

कर्कट पाताको छाना मुनी रात विताउदै आएका बझाङ कारागारका कैदी बन्दीहरु भवन निर्माण भएपछि सहज रुपमा बस्न पाउने भएका छन् ।

कारागार कार्यालयले महिला बन्दी गृह नभएकै कारण विगतका महिला कैदीहरुलाई छिमेकी जिल्ला डढेल्धुरा र डोटी पठाउने गरेको थियो । यस वर्ष बझाङ कारागारमा महिला पुरुष,बृद्धा र विरामी कैदी बन्दीहरुका लागी छुट्टाछुटै खालका भवनहरु निर्माण हुने जानकारी प्राप्त भएको छ । आधुनिक शैलिमा निर्माण हुन थालेको बझाङ कारागार सुदुरपश्मि कै नमुना कारागार बन्ने भएको छ ।

भवन अभावकै कारण यसअघि जाडो याममा बझाङ कारागारका कैदीबन्दीहरुले निकै समस्या खेप्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ